अमेरिकाले तालिवान समूहसँग फेब्रुअरी २९ मा सम्झौता गर्ने तयारी
एजेन्सी । संयुक्तराज्य अमेरिकाले अफगानिस्तानमा हिंसा घटाउने सहमतिका आधारमा फेब्रुअरी २९ मा तालिबानी समूहसँग सम्झौता गर्ने तयारी गरिरहेको विदेश मन्त्री माइक पोम्पेओले शुक्रबार बताएका छन् ।
‘हिंसा घटाउने सहमतिलाई सफल कार्यान्वयन गरिएसँगै अमेरिका–तालिवानी सम्झौतामा हस्ताक्षर गर्ने काम अघि बढ्ने अपेक्षा गरिएको छ,’ उनले साउदी अरबको भ्रमणपछि जारी विज्ञप्तिमा भनेका छन् ।
अफगानिस्तानको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जावेद फैसलले भने, ‘तालिवान, अमेरिका र अफगानी सरकारी सुरक्षा बलले शनिबार देखि आगामी हप्ताभर नै ‘हिंसात्मक गतिविधिलाई’ रोक्ने सहमति भएको र आगामी हप्ता देखिने गतिविधिले नै सम्झौता गर्ने वा नगर्ने भन्ने निचोड निस्किनेछ । आशा गरौँ तीन वटै शक्तिले हिंसा कम गर्ने सहमति जनाएकाले अब यसमा स्वतः कमी आउनेछ ।’
आंशिक मानिएको वार्ताले अफगानिस्तानमा १८ वर्षभन्दा बढी रहेको द्वन्द्व अन्त्यका लागि ऐतिहासिक कदम चाल्नेछ र सम्झौताको मार्ग प्रशस्त हुनेछ जसले अन्ततः युद्धको अन्त्य देख्न सक्छ ।
बृहत् र स्थायी युद्धविराम र अफगानिस्तानका लागि भविष्यको राजनीतिक मार्गचित्र यो आधारभूत चरणमा निर्माण हुने अमेरिकी विदेशमन्त्री पोम्पेओले बताए ।
पोम्पेओल भने, ‘चुनौती अझै बाँकी छ तर हालसम्म भएको प्रगतिले आशा प्रदान गर्दछ र वास्तविक अवसरको प्रतिनिधित्व गर्दछ । अमेरिकाले सबै अफगानी नागरिकलाई यस क्षणको उपयोग गर्न आग्रह गर्दछ ।’
यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख जेन्स स्टोलटेनवर्गले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अमेरिका–तालिवान सहमतिको स्वागत गरेका छन् । उनले सहमतिले अफगानिस्तानको दीर्घकालीन शान्तिको सम्भावित मार्गलाई खुला गरेको छ ।
‘आजको घोषणालाई म स्वागत गर्दछु कि अफगानिस्तानमा हिंसामा उल्लेखनीय कटौतीको बारेमा समझदारी भएको छ,’ स्टोल्टनवर्गले एक विज्ञप्तिमा भने । उनले भने, ‘यो हिंसा घटाउने तालिवानको इच्छाशक्ति र क्षमताको परीक्षा हो र यसले शान्तिका लागि विश्वासको योगदान गर्नेछ । यसले अफगानीहरूबीच वार्तालाप, दिगो शान्ति र मुलुकलाई फेरि आतङ्ककारीहरुको लागि सुरक्षित ठाउँ नहुने कुरा सुनिश्चित गर्न सक्नेछ ।’
अफगानिस्तानमा नेटोको १६ हजार सैनिक रहेका छन् जसले स्थानीय सेनाहरुलाई प्रशिक्षण, सहयोग र सल्लाह दिने गरेको छ ।
अमेरिका–तालिवानबारे नयाँ सहमतिलाई रूसले ऐतिहासिक सम्झौता अफगानिस्तानको शान्तिको लागि ‘महत्वपूर्ण घटना’ हुने बताएको छ ।
मस्कोका अफगानिस्तानका राजदूत जमीर काबुलोभले राज्य सञ्चालित समाचार संस्था आरआईए नोवोस्तीले यदि सम्झौता समारोहमा आफूलाई आमन्त्रण गरिएमा त्यहाँ सहभागी हुने बताएका छन् । यो अफगानिस्तानमा शान्ति प्रक्रियाको लागि महत्वपूर्ण घटना हुने उनको धारणा थियो ।
काबुलोभले भने, ‘यो सम्झौताबीचमा कुनै पनि अवरोध नहुनेमा पूर्ण विश्वास लिएको र अमेरिकासँग सम्झौता भएपछि अफगानिस्तानका सबै पक्षहरूबीच वार्ता सुरु गर्न मस्कोले आग्रह गर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता शनिबार
-
सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १०% सम्मको छुट
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित