‘७० करोड कमिसन प्रकरणका दोषीलाई कडा सजाय दिनुपर्छ’

काठमाडौं । नेकपा (मसाल)ले सेक्युरिटी प्रिन्टिङ प्रेस सम्बन्धी काण्डबारे उच्चस्तरीय छानबिन गरी दोषीहरुलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग गरेको छ । सो पार्टीका महामन्त्री मोहनविक्रम सिंहले आज एक विज्ञप्ति जारी गर्दै दोषीहरुलाई कडा सजाय दिनुपर्ने माग गरेका हुन् ।
विज्ञप्तिमा सो काण्डप्रति नेकपा (मसाल)को गम्भीर ध्यानाकर्षित भएको जनाउँदै उक्त काण्डले सरकारमा गम्भीर प्रकारको भ्रष्टाचार व्याप्त रहेको कुरा पुनः उदाङ्गो भएको बताइएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसँग जोडिएर ७० करोड कमिशन लिनका लागि वार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो । त्यसलगत्तै बास्कोटाले मन्त्रीको जिम्मेवारीबाट राजीनामा दिएका थिए ।
त्यस्तै, सो पार्टीले एमसीसीलाई कुनै संशोधनसहित पारित गर्ने कुरालाई पनि विज्ञप्तिमा दृढतापूर्वक विरोध गर्र्दै त्यसलाई अस्वीकार गर्ने बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘एमसीसीबारे जुनसुकै प्रकारले भ्रम दिने वा वास्तविकतामाथि पर्दा हाल्ने प्रयत्न गरिए पनि सार रुपमा त्यो इन्डो प्यासिफिक रणनीतिको नै अंग भएको र त्यसको मुख्य उद्धेश्य अमेरिकी साम्राज्यवादको सेवा गर्नु नै भएको कुरा दिनको उज्यालोझै छर्लङ छ । त्यसकार त्यसले कुनै पनि अवस्थामा नेपालको हित नगर्ने र त्यसलाई स्वीकार गरेमा नेपालको असंलग्न नीति समाप्त हुनेछ र देश घोषित रुपमै अमेरिकी साम्राज्यवादको रणनीतिक गोटी बन्न जाने कुरा प्रस्ट छ । त्यसकारण हाम्रो पार्टीले त्यसलाई अस्वीकार गर्नका लागि सबै देशभक्त जनताको गम्भीर ध्यान आकर्षित गर्न चाहान्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रधानमन्त्री
-
जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
डोटीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी
-
देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिबद्ध छु : शिक्षामन्त्री
-
छलफलका लागि गएका शिक्षक नेताहरू सिंहदरबार गेटबाटै किन फर्किए ?
-
एक पुरुष मृत फेला