सङ्खुवासभा ५३ औँ साक्षर जिल्ला घोषणा
काठमाडौं । सङ्खुवासभालाई ५३ औँ साक्षर जिल्ला घोषणा गरिएको छ । कूल १० स्थानीय तह रहेको सङ्खुवासभालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आज यहाँ आयोजित कार्यक्रममा साक्षर जिल्ला घोषणा गरेका हुन् ।
कार्यक्रममा मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई सुधार गर्नु जरुरी भएको बताए । शिक्षालाई श्रम, सीपलाई उत्पादन र रोजगारीसँग, उत्पादन र रोजगारीलाई समृद्धिसँग जोड्नुपर्न धारणा उनले राखे । मन्त्री पोखरेलले विद्यार्थीलाई शिक्षाको उज्यालो घामको ज्योतिबाट वञ्चित हुन नदिने प्रतिबद्धता गरे ।
उनले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन स्थानीय सरकारले पनि सहयोग र सहकार्यबाट अघि बढ्न जरुरी रहेको बताए । अबको शिक्षा राष्ट्रिय शिक्षा नीतिभित्रै रहेर चल्ने उनले बताए । जिल्लामा १५ देखि ६० वर्ष उमेरका ९५ दशमलव ६३ प्रतिशत नागरिक साक्षर भएका कारणले जिल्लालाई साक्षर घोषणा गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख केशव भट्टराईले जानकारी दिए । अन्य चार प्रतिशतलाई पनि आगामी वर्ष साक्षर बनाइने उनको भनाइ थियो ।
साक्षरताका लागि तोकिएका १२ मापदण्डमध्ये न्यूनतम ७ मापदण्ड पूरा गरेकाले जिल्लाका १० वटै स्थानीय तहलाई साक्षर घोषणा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान
-
१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म
-
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ
-
पाथीभरा केबलकार विवाद : आन्दोलनका थप कार्यक्रम घोषणा
-
बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ