‘ओलीका असली चेला’को कमिसन काण्डले देश लज्जित भयो : विप्लव
काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालले केपी ओली नेतृत्वको सरकार बर्खास्तीका लागि उत्रिन सबै अपिल गरेको छ ।
नेकपाका महासचिव विप्लवद्वारा जारी शुक्रबार एक विज्ञप्तिमा ओली नेतृत्वको सरकार देशका लागि अभिशाप भएको उल्लेख छ।
‘सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन (घुस) मागेको विषयले देश तरंगित भएको । केपी ओली सरकार देशका निम्ति अभिशाप भएको छ ।देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रधानमन्त्री ओलीका असली चेलाको यो काण्डले देश लज्जित छ,’ विज्ञप्तिमा भनिएको छ ।
विप्लवले सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा प्रधानमन्त्री ओलीकै संलग्नता भएको आशङ्का गरेको छन् ।
‘ठूलो आकारको जहाजकाण्ड आदिमा प्रम ओलीकै संलग्नता देखिन्छ । तसर्थ यस्तो भ्रष्ट, कमिसनखोर र राष्ट्रघाती सरकारको बर्खास्तीका लागि सम्पूर्ण क्रान्तिकारी, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिलाई आआफ्नो मोर्चाबाट उत्रन पार्टी विशेष अपिल गर्दछ ।’
ओली सरकार राष्ट्रघात, जनघात र फाँसिवादमा चुर्लुम्म डुबेको विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं