एमसीसी अध्ययन कार्यदलले बुझायो प्रतिवेदन, संशोधन गरे मात्र पारित गर्न सुझाव
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले आज प्रतिवेदन बुझाएको छ । कार्यदलले बुझाएको प्रतिवेदनमा एमसीसीका केही बुँदा संशोधन गरेर मात्र संसदबाट अनुमोदन गर्न सुझाव दिइएको छ ।
आज बसेको बैठकले कार्यदलले सुझावसहित तयार पारेको प्रतिवेदन आज पार्टी अध्यक्षद्वयलाई बुझाएको कार्यदलका सदस्य भीम रावलले बताए । सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवशयक तथ्यहरुको विस्तृत अध्ययन भएको उनले बताए ।
रावलले भने, ‘हामीले सरकार र एमसीसीबीच भएको सम्झौताअनुसार हिन्द प्रशान्त रणनीतिका सम्बन्धमा आवश्यक सन्दर्भ सामग्री तथ्यको विस्तृत रुपमा अध्ययन, विश्लेषण गरी प्रतिवेदनको मस्यौदा तयार गरेर अध्यक्षलाई बुभाएका छौँ । पार्टीको सम्बन्धित निकायमा छलफल गरिएपछि केन्द्रीय कमिटी बैठकको भावना अनुसार नै आवश्यक निर्णय हुन्छ ।’
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र एमसीसीका विषयमा विवाद बढ्दै गएपछि केन्द्रीय समिति बैठकले अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।
केन्द्रीय समितिले दिएको १० दिनको समयभित्र प्रतिवेदन तयार हुन नसकेपछि अर्को पटक फेरी १० दिनको समय थपिएको थियो । एमसीसीको मुल सम्झौतासँगै अन्य दर्जनबढी सम्झौताहरु अध्ययन गर्नुपर्ने भएकाले समय थपिएको रावलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण