बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले प्रधानमन्त्रीको कार्यालयलाई ‘सेटिङ्ग–लुटिङ्ग'को अड्डा बनाउनुभयो : उपसभापति निधि

शुक्रबार, ०९ फागुन २०७६, १९ : ०६
शुक्रबार, ०९ फागुन २०७६

जनकपुर । प्रमुख प्रतिपक्षी दल नेपाली काँगेसका उपसभापति विमलेन्द्र निधिले मन्त्रीबाट ‘सेटिङ्ग–लुटिङ्ग’को कार्य हुनुले वर्तमान सरकार  उदाङ्गिएको बताएका छन् । शुक्रबार धनुषाको नगराईन नगरपालिकास्थित गंगुलीमा शिव तथा हनुमान मन्दिरको समुद्घाटनमा पूर्वगृहमन्त्री समेत रहेका निधिले यस्तो बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीजीले सरकारमा लुटिङ्गको फ्यास्लिटी नभएको स्पष्टिकरण दिरहुनुभएको छ । तर सरकार कै मन्त्रीबाट सेटिङ्ग–लुटिङ्ग हुने गरेको कुराको पोल खुलेको छ । जनताका  उहाँको स्पष्टिकरण लजास्पद बन्न पुग्यो अब ।’

विहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको ७० करोड कमिसन प्रकरणको अडियो टेप सार्वजनिक भएकोप्रति यंग्य गर्दै उपसभापति निधिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रधानमन्त्री ओलीले सेटिङ्ग–लुटिङ्ग कार्यालय बनाएको आरोप लगाए ।

उपसभापति निधिले भने,‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रधानमन्त्रीले सेटिङ्ग–लुटिङ्गको अड्डा बनाउनुभयो । आजको दिन महादेवको जन्म र विवाह भएको दिन हो । यस्ता गलत कूकृत्य गर्ने र गराउनेलाई संघार गरुन भन्दै  शिवसँग प्राथना गर्छु ।’

शिवको स्मरण उनले अगाडि भने, ‘शिवले आफ्नो विवाहमा भुत, प्रेत, पिचास, मानव, देवी, देव लगायतका हरेक वर्गलाई जन्तीमा लगेकाले उनी जस्ता समावेशी, समानुपातिक र समाजवादी कोही पनि छैन ।’

उपसभापति निधिले कम्युनिष्टको कुनै पनि धर्म नभएको भन्दै वर्तमान सरकारको धर्म, लोकतन्त्र, संघियता, समावेशी लगायतकामा समेत विश्वास नरहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप