शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प पहिलोपटक सिङ्गो परिवारसहित भारत भ्रमणमा

शुक्रबार, ०९ फागुन २०७६, १८ : ०९
शुक्रबार, ०९ फागुन २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक सिङ्गो परिवारसहित भारत भ्रमणमा आउने भएका छन् । राष्ट्रपति ट्रम्प फेब्रुअरी २४ मा पत्नी मेलानिया, छोरी इवाङ्का, ज्वाइँ जेरेड कुश्नरसहित भारत भ्रमणमा आउन लागेका हुन् । छोरी इवाङ्का उच्चस्तरीय प्रतिनिधि मण्डलको सदस्यको रुपमा भ्रमणमा सहभागी हुनेछिन् भने ज्वाइँ कुश्नर राष्ट्रपति ट्रम्पको सल्लाहकारका रुपमा आउँदैछन् । 

राष्ट्रपति ट्रम्पकी छोरी इवाङ्का पहिलोपटक भारत भ्रमणमा आउन लागेकी भने होइनन् । उनले यसअघि सन् २०१७ मा भारतको हैदरावादको भ्रमण गरिसकेकी छिन् । भारत भ्रमणमा आएलगत्तै ट्रम्प परिवार अहमदाबाद पुग्ने र त्यहाँ रहँदा ताजमहलको समेत अवलोकन गर्ने भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । 

भ्रमणका क्रममा ट्रम्पसँगै एक उच्चस्तरीय प्रतिनिधिमण्डल पनि रहने जनाइएको छ । यस प्रतिनिधि मण्डलमा सल्लाहकार कुश्नर, युएस ट्रेड प्रतिनिधि रबट लाइटलाइजर, एनएसए राबट ओ ब्रेन लगायत रहने बताइएको छ । भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फेब्रुअरी २५ मा वार्ता हुने जनाइएको छ ।      
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप