सेना दिवसः आठ पत्रकार विभूषित
काठमाडौं । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले आठ पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गरेको छ । सैनिक मञ्च टुँडिखेलमा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सञ्चारमाध्यमका नेपाली सेनाका विषयमा समाचार लेख्दै आएका पत्रकारलाई उक्त पदकबाट विभूषित गरेका हुन् ।
विभूषित हुनेमा नारायणप्रसाद न्यौपाने (रासस), गजुरधन राई (नेपाल टेलिभिजन), परशुराम खत्री (दि राइजिङ नेपाल), दीपक रिजाल (नेपाल समाचारपत्र), दिलीप थापामगर (सरोकार टेलिभिजन), राजेश अहिराज (मधेशवाणी), परशुराम काफले (नयाँ पत्रिका) र हंशावती कुर्मी (रेडियो नेपाली सेना) रहेका छन् । समारोहमा इतिहासकार एवं प्राज्ञ दिनेशराज पन्त र इतिहासकार प्रा डा त्रिरत्न मानन्धरलगायत समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनेलाई विभिन्न विधाका सम्मानबाट विभूषित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ