शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

भड्खालोतिर जाक्ने प्रम ओलीको ‘साँघुरो’ घेरा

प्रम ओलीका कार्यशैलीबारे विश्लेषकहरुको मत यस्तो छ !
शुक्रबार, ०९ फागुन २०७६, १५ : ३०
शुक्रबार, ०९ फागुन २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ३ गते आफ्नो नेतृत्वको सरकारले दुई वर्ष पूरा गरेको अवसरमा संसदलाई सम्बोधन गर्दै एउटा चिनियाँ लोककथालाई उद्धृत गरेका थिए । त्यो लोककथा सरकारका आलोचकहरुतर्फ केन्द्रित थियो ।

‘यस सन्दर्भमा केही साथीहरुको भूमिका एउटा चिनियाँ लोककथासँग मिल्दो देखियो,’ उनले भनेका थिए, ‘लोककथाका अनुसार एकजना युवा ड्रागनलाई खुब मन पराउँथ्यो, उसले आफ्ना सबै सरसामान, लुगाफाटो र यहाँसम्म कि बिछ्यौनाको तन्ना र तकियामा पनि ड्रागनकै चित्र कुँद्यो । आफ्ना भक्तको प्रेमबाट प्रभावित भएर एकरात ड्रागन उसलाई दर्शन दिन आएछ, साक्षात् ड्रागन चित्रको ड्रागनभन्दा अजङ्गको, डरलाग्दो थियो, भक्तको सातो उड्यो र उसको भागाभाग भयो ।’

यो लोककथाबाट शिक्षा ‘भक्त’ले मात्र लिने कि ‘ड्रागन’ले पनि लिने ? बहस गर्न सकिन्छ । किनकि त्यत्रो भक्ति, आफ्ना सबै सरसामान, लुगाफाटो, तन्ना र तकियामा समेत चित्र कोरेर प्रदर्शन गरेको आस्थाका बाबजुद ती भक्तको भागाभाग किन भयो ? चित्र कोरेर भक्तिभाव प्रदर्शन गरेकै आधारमा उसलाई ‘भक्त’ मानेर उसका सामू साक्षात प्रकट भइदिने ड्रागन त्यस अघिसम्म कतै भ्रममा त थिएन ? प्रश्न स्वाभाविक रुपमा उब्जिन्छ ।

सोही सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचारबारे पनि सटिक टिप्पणी गरेका थिए । ‘म आफू भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ,’ उनले भनेका थिए, ‘गत वर्षको सम्बोधनका क्रममा मैले भनेको थिएँ– कसैले मेरो भनाइलाई भन्नका लागि भनेको ठानेको छ भने त्यसले गल्ती गर्दैछ, दूराचारी र दूराचार, भ्रष्ट र भ्रष्टाचारका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने मेरो बानी छैन । जो जतिसुकै ओहोदावाल या कथित पहुँचवाला, तिनको मुख हेरेर सजायँ तोकिन्नँ । कारवाही गर्ने÷नगर्ने फैसला लिइन्नँ ।’


प्रधानमन्त्री ओलीले सायदै सोचेका थिए होलान् – पाँच दिनपछि नै यही भ्रष्टाचारका सन्दर्भमा जोडिएको एउटा प्रकरण सार्वजनिक भएपछि मन्त्रिपरिषदमा रहेका आफ्ना सबैभन्दा प्रिय पात्रको राजीनामा माग्नुपर्नेछ । ७० करोड रुपैयाँ कमिशनका लागि ‘डिल’ गर्ने भूमिकामा आफ्नै विश्वासिला मन्त्री संलग्न रहेको तथ्य सार्वजनिक होला र उनको राजीनामा माग्नुपर्ने अवस्था आउला भन्ने कुरा पाँच दिन अघिसम्म प्रधानमन्त्री ओलीले सायदै कल्पना गरेका थिए ।


यसो भनिरहँदा प्रधानमन्त्री ओलीले सायदै सोचेका थिए होलान् – पाँच दिनपछि नै यही भ्रष्टाचारका सन्दर्भमा जोडिएको एउटा प्रकरण सार्वजनिक भएपछि मन्त्रिपरिषदमा रहेका आफ्ना सबैभन्दा प्रिय पात्रको राजीनामा माग्नुपर्नेछ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसनको ‘डिल’बारे एउटा अडियो टेप सार्वजनिक भएपछि प्रधानमन्त्रीका विश्वास पात्र एवम् सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिए । ७० करोड रुपैयाँ कमिशनका लागि ‘डिल’ गर्ने भूमिकामा आफ्नै विश्वासिला मन्त्री संलग्न रहेको तथ्य सार्वजनिक होला र उनको राजीनामा माग्नुपर्ने अवस्था आउला भन्ने कुरा पाँच दिन अघिसम्म प्रधानमन्त्री ओलीले सायदै कल्पना गरेका थिए ।

विद्यमान मन्त्रिपरिषदमा प्रधानमन्त्री ओलीका सबैभन्दा विश्वासपात्र थिए बाँस्कोटा । बाँस्कोटालगायत केही सीमित मानिस छन् जो प्रधानमन्त्री ओलीका इर्दगिर्द हुन्छन् । उनीहरुमार्फत नै प्रधानमन्त्री ओलीले देशका क्रिया–प्रतिक्रियाबारे जानकारी राख्छन्, सोही अनुसारका निर्णय लिन्छन् । प्रधानमन्त्रीका आकांक्षा, निर्देशनबारे देश–दुनियाँलाई बुझाउने स्थानमा रहेकाहरु, देश–दुनियाँका गतिविधिहरु प्रधानमन्त्रीलाई जानकारी गराउने जिम्मेवारी बोकेकाहरु यसै पनि खास मानिन्छन् । यस्ता खास व्यक्तिहरु ‘काण्ड’हरुमा मुछिने, विवादमा तानिनु राम्रो होइन । के प्रधानमन्त्रीले गलत मान्छेलाई विश्वासपात्र बनाए ? बाँस्कोटाको राजीनामा प्रकरणले स्वाभाविक रुपमा प्रश्न उब्जाएको छ । प्रधानमन्त्री एउटा साँघुरो घेरामा सीमित हुनु पनि यस्ता घटनाका कारक बन्न सक्छ ।


नेकपाका स्थायी समिति सदस्य डा. बेदुराम भुसाल पनि प्रधानमन्त्रीले साँघुरो घेरा तोड्नुपर्ने बताउँछन् । ‘प्रधानमन्त्री अहिले जुन घेरामा हुनुहुन्छ, त्यो घेराबाट बाहिर निस्कन जरुरी छ,’ उनले भने ।


प्रधानमन्त्रीका नजिकमा यस्ता ‘बाँस्कोटाहरु’ प्रधानमन्त्री ओलीको ‘सुखी नेपाली समृद्ध नेपाल’ को लक्ष्य हासिल गर्न वास्तवमै दक्ष छन् भन्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का धेरै नेता कार्यकर्ता सहमत छैनन् । पार्टीभित्र तीभन्दा दक्ष र इमानदार व्यक्तिको कमी छैन । तर ‘राम्रा’ भन्दा पनि ‘हाम्रा’ मानिसलाई मात्र विश्वास गर्दा प्रधानमन्त्रीको सम्बोधनको मर्म एउटा, परिणाम अर्को आइरहेमा आश्चर्य मान्नु पर्दैन । त्यस्तो व्यवहार देखाउनेहरुलाई संरक्षण गर्दाको परिणाम राम्रो आउँछ भन्ने अपेक्षा प्रधानमन्त्रीले राख्नु हुँदैन । साँघुरो घेरामा रमाउँदा कस्तो परिणाम आउँछ भन्ने कुरा बाँस्कोटा प्रकरणबाटै प्रस्ट भइसकेको छ ।

प्रधानमन्त्री ओलीले धेरै विश्वास गर्नेहरुमा उनको सचिवालयका सदस्यहरु विष्णु रिमाल, सुर्य थापा, राजन भट्टराई, विष्णु पौडेल, शंकर पोखरेल, युवराज खतिवडा लगायत छन् । जसको कुरालाई ओली हत्तपत्त काट्न सक्दैनन् ।

नेकपाका स्थायी समिति सदस्य डा. बेदुराम भुसाल पनि प्रधानमन्त्रीले साँघुरो घेरा तोड्नुपर्ने बताउँछन् । ‘प्रधानमन्त्री अहिले जुन घेरामा हुनुहुन्छ, त्यो घेराबाट बाहिर निस्कन जरुरी छ,’ उनले भने ।


‘सत्तामा पुगेपछि प्रधानमन्त्री ओलीले सानो वृत्त बनाउनुभयो,’ उनले भने, ‘आफूजस्तै मान्छे रोज्नुभयो, खोज्नुभयो । भिन्न मत राख्ने मानिसहरुसँग सङ्गत नै गर्न रुचाउनुभएन ।’ प्रधानमन्त्री ओलीले घोषणा गरेका कार्यक्रमहरु पनि खोज, अनुसन्धान र सत्य तथ्यमा आधारित नरहेको उनको बुझाइ छ । त्यसले प्रधानमन्त्रीलाई नै कमजोर बनाएको उनले बताए ।


राजनीतिक विश्लेषक हरि रोका पनि ‘बाँस्कोटा’ प्रवृत्ति नदोहोरिएला भन्न नसकिने बताउँछन् । ‘सत्तामा पुगेपछि प्रधानमन्त्री ओलीले सानो वृत्त बनाउनुभयो,’ उनले भने, ‘आफूजस्तै मान्छे रोज्नुभयो, खोज्नुभयो । भिन्न मत राख्ने मानिसहरुसँग सङ्गत नै गर्न रुचाउनुभएन ।’ प्रधानमन्त्री ओलीले घोषणा गरेका कार्यक्रमहरु पनि खोज, अनुसन्धान र सत्य तथ्यमा आधारित नरहेको उनको बुझाइ छ । त्यसले प्रधानमन्त्रीलाई नै कमजोर बनाएको उनले बताए ।

‘प्रधानमन्त्री ओलीले आफ्नो वृत्तमा जो मानिसहरु राख्नुभयो, उनीहरु विज्ञभन्दा पनि चाटुकार बढी थिए,’ उनले भने, ‘त्यस्तो वृत्तले नयाँ कुरा पस्कन सक्ने छँदै थिएन, बरु पुरानालाई नै निरन्तरता दिन सक्थे ।’


प्रधानमन्त्री भनेको कुनै गुट, कम्पनी वा पार्टी विशेष र व्यक्ति विशेषको मात्रै नभएर सबैको साझा हुनु पर्ने उनले बताए । ‘त्यसका लागि उहाँले आफ्नो दायरा, हेराइ, र सोच फराकिलो बनाउन जरुरी छ,’ उनले भने, ‘आसेपासेलाई पोस्नैपर्छ भन्ने मान्यताबाट मुक्त हुन सकेको अवस्था अहिले छैन । त्यो तोड्ने हो भने अहिलेका केही सिस्टमलाई पनि परिवर्तन गर्न जरुरी छ ।’


अर्का विश्लेषक राजेन्द्र महर्जन प्रधानमन्त्री ओलीमा गुटमै रमाउने, गुट नै पोस्ने, बाहिरकालाई अविश्वास गर्ने प्रवृत्ति रहेको बताउँछन् । ‘त्यतिमात्रै होइन, कहिलेकाहीँ त आलोचना गर्नेहरुलाई ध्वस्त नै पार्ने व्यवहार प्रधानमन्त्री ओलीमा देखिएको छ ।’ प्रधानमन्त्रीले आफुलाई सुधार्ने हो भने गुटको पक्षपोषण तत्काल रोक्नुपर्ने उनको सुझाव छ । प्रधानमन्त्री भनेको कुनै गुट, कम्पनी वा पार्टी विशेष र व्यक्ति विशेषको मात्रै नभएर सबैको साझा हुनु पर्ने उनले बताए । ‘त्यसका लागि उहाँले आफ्नो दायरा, हेराइ, र सोच फराकिलो बनाउन जरुरी छ,’ उनले भने, ‘आसेपासेलाई पोस्नैपर्छ भन्ने मान्यताबाट मुक्त हुन सकेको अवस्था अहिले छैन । त्यो तोड्ने हो भने अहिलेका केही सिस्टमलाई पनि परिवर्तन गर्न जरुरी छ ।’

न्युनतम लोकतान्त्रिक आचरण, व्यवहार देखाउन नसक्नु नै अहिलेको समस्या रहेको महर्जनको भनाइ छ । पार्टी र सरकारमा बढेको केन्द्रीयताले तानाशाह जन्माउने खतरा रहने उनले बताए । ‘त्यसबाट आउने परिणाम निकै खतरा हुनसक्छ । यसको संकेतका रुपमा भ्रष्टाचार बढदै जानसक्छ । जनविरोधी क्रियाकलाप अझ बढ्न पुग्छन् र समाजवाद साम्यवाद त के त्यतिवेला लोकतान्त्रिक गणतन्त्रलाई नै कुहाउने अवस्था नआउला भन्न सकिन्नँ ।’ प्रधानमन्त्री ओलीले अब आफ्ना मान्छे र आफैँलाई शंकाले हेर्नुपर्ने उनले बताए । ‘विरोध र आलोचना किन भइरहेको छ भनेर आफैँले आफैँलाई प्रश्न गर्न ढिलो गर्नु सवैका लागि खतरा बनेर आउन सक्छ ।’

प्रधानमन्त्रीले चिन्न सकेनन् ?

त्यसो त नेपाल बार एसोशिएसनका पूर्व अध्यक्ष तथा नेकपा निकट कानुन व्यवसायी शम्भु थापाले केही महिना पहिला ‘गोकुल प्रवृति’को चर्को विरोध गरेका थिए । उनले गोकुल बाँस्कोटाका बारेमा टिप्पणी गर्दै भनेका थिए, ‘गोकुल बाँस्कोटालाई हामीले चिन्दै चिनेको छैन त ? अहिले हुलिया हेर्नुस् त ? गोकुल बाँस्कोटाको, हुलिया अनुसार बोलाइ मिल्छ ?’


नेपाल बार एसोशिएसनका पूर्व अध्यक्ष तथा नेकपा निकट कानुन व्यवसायी शम्भु थापाले केही महिना पहिला ‘गोकुल प्रवृति’को चर्को विरोध गरेका थिए । उनले गोकुल बाँस्कोटाका बारेमा टिप्पणी गर्दै भनेका थिए, ‘गोकुल बाँस्कोटालाई हामीले चिन्दै चिनेको छैन त ? अहिले हुलिया हेर्नुस् त ? गोकुल बाँस्कोटाको, हुलिया अनुसार बोलाइ मिल्छ ?’


उनी यतिमा मात्र रोकिएनन् । ‘४० वर्षमा मैले नचिन्ने तिनीहरुले चिन्ने ?’ प्रश्न गरे । मान्छेको बोली र व्यवहारमा हुलिया पनि मिल्नुपर्ने उनको भनाइ थियो । ‘उहाँले नेपाली जनतासँग डिल गर्दै हुनुहुन्छ कि ? हामी त गएगुज्रेको दासलाई भनेजस्तो भन्नुहुन्छ,’ आक्रोशित हुँदै थापाले गोकुलको व्यवहार र भाषाप्रति टिप्पणी गरेका थिए । उनले यस्ता प्रकारका मान्छेहरुलाई के सवक सिकाउने भन्दै प्रश्नसमेत गरेका थिए ।

हिजो आफुले धेरै आशा गरेका केही अन्य नेताहरुको नाम लिदैँ थापाले ती व्यक्तिहरुबाटै अहिले न्यायको हत्या भएको बताएका थिए । ‘यिनीहरुको लेनदेन हेर्नुस् त ? क्रय–विक्रय हेर्नुस् त, न्याय मारेर छोडेका छन्, हत्या गरेका छन् ।’

त्यतिबेला बाँस्कोटा स्वयंले शम्भु थापाको भनाइप्रति सार्वजनिक रुपमै प्रतिक्रियात्मक टिप्पणी गरेका थिए । यद्यपि शम्भु थापाहरुजस्ता शुभचिन्तकको आवाजलाई होइन, तिनै बाँस्कोटाको प्रतिक्रियालाई प्रधानमन्त्रीले ग्रहण गरे । जसको परिणाम नै बाँस्कोटाको बहिर्गमन भएको विश्लेषकहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप