दशौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला हुने
काठमाडौं । दशौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला यहि फागुन १६ देखि २५ गतेसम्म नेपालका विभिन्न शहरमा आयोजना हुने भएको छ ।
आयोजक एभरेष्ट नेपाल कल्चरल गु्रपले काठमाडौमा एक कार्यक्रमका बीच ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोकसंस्कृतिको आधार’ भन्ने नारासहित मेला आयोजना हुन लागेको जानकारी दिँदै मेलाको तयारी समेत सकिएको जानकारी गराएको हो ।
यसपटकको मेलामा इस्टोनिया, मेक्सिको, बङ्गलादेश, भारत, मलेसिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलङ्का, इजिप्ट र नेपाल गरि ११ देशको सहभागिता रहनेछ ।
नेपाली संस्कृृतको उत्थान तथा साँस्कृितक प्रर्यटन प्रबद्र्धनको आफ्नो अभियानलाई निरन्तता दिँदै लोक संस्कृति आदान–प्रदान गर्नुको साथै नेपालमा साँस्कृतिक पर्यटन प्रबद्र्धन गर्नु दशौँ साँस्कृतिक मेलाको मुख्य उद्देश्य रहेको छ ।
मेलाले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनका लागि पनि केही हदसम्म टेवा पुग्ने कुरामा आयोजक विश्वस्त रहेको छ ।
यसपटकको महोत्सव काठमाडौँ, ललितपुर, पोखराजस्ता पर्यटकीय तथा ऐतिहासिक क्षेत्रमा आयोजना हुनेछ ।
मेलाले देशको विविध संस्कृति, पुरातत्विक र अन्य पर्यटकीय स्थलको मात्र नभइ सम्पूर्ण नेपालकै विश्वसामु प्रचार–प्रसार हुन सक्ने बिश्वास रहेको आयोजक एभरेष्ट कल्चरल ग्रुपमा अध्यक्ष तथा दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाका संयोजक रामचन्द्र कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’