शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिल्म रिलिज : ‘आमा’सँग भिड्दै ‘सेन्टी भाइरस’

शुक्रबार, ०९ फागुन २०७६, ११ : ४६
शुक्रबार, ०९ फागुन २०७६

काठमाडौं । आज शुक्रबारबाट दुई नयाँ फिल्म रिलिज भएका छन् । फिल्म हुन् ‘आमा’ र ‘सेन्टी भाइरस’ । देशभर एक अर्काेसँग भिड्न लागेका यी दुई फिल्म मध्य ‘आमा’ दीपेन्द्र के खनालले निर्देशन गरेका हुन्, भने ‘सेन्टी भाइरस’का निर्देशक रामबाबु गुरुङ रहेका छन् ।

‘आमा’

‘आमा’ चलचित्र सेन्सर बोर्डबाट युनिभर्सल प्रमाण पत्र पाएको फिल्म हो । स्वदेशसहित अष्ट्रेलिया र अमेरिकामा पनि एकसाथ प्रदर्शनमा आएको यो फिल्म आमा–छोरीबीचको भावनात्मक सम्बन्धको बिषयमा निर्माण भएको छ ।

शर्मिला पाण्डेको निर्माण रहेको फिल्ममा सुरक्षा पन्त, मिथिला शर्मा, देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुसाल, टीका पहारीलगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।  फिल्मले आमा लिएर हलमा जाने दर्शकका लागि निःशुल्क टिकट उपलब्ध गराउन ब्यवस्था समेत गरेको छ । काठमाडौं र रामेछापमा खिचिएको फिल्मका सह–निर्मातामा सन्तोष अधिकारी छन् । सुभाष भुषालको संगीत रहेको फिल्मको अधिकांश दृश्य पानीमा खिचिएको हो ।

‘सेन्टीभाइरस’

‘सेन्टीभाइरस’ पछिल्लो समय समाजसेवीको रुपमा परिचित कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेका हुन् । धुर्मुस र सुन्तलीसँगै दयाहाङ राई, तिथि राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल लगायतका कलाकारको फिल्ममा मुख्य अभिनय रहेको छ ।

हाँस्य कलाकार कुमार कट्टेल ‘जिग्री’ र दीपक आचार्यको लेखन रहेको फिल्मका निर्माता डिन्डु लामा ह्योल्मो हुन् । राजनीतिले एउटा परिवारको सदस्यलाई पार्ने असर फिल्मले देखाउन खोजेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप