मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक कुरीति हटाउँदै डा. स्वर्णकारले गरे आदर्श विवाह

शुक्रबार, ०९ फागुन २०७६, ११ : ४०
शुक्रबार, ०९ फागुन २०७६

रौतहट । तराई÷मधेसमा दाईजो तथा तिलक लेनदेन गरेर विवाह गर्ने जातिमध्ये सोनार पनि एक हो । सामान्य काराबार हुने सोनारका छोराको बिहेमा ५÷७ लाख तिलक लिनुु प्रायः सामान्य मानिन्छ ।

तर सोही जातिका एकजना एमबीबीएस डाक्टरले बिनादाईजो बिहे गरेर उदाहरणीय काम गरेका छन् ।

रौतहटको पुर्वी भेग दुुर्गाभगवती गाउँपालिका घर भई हाल शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँमा कार्यरत डा. राकेश स्वर्णकारले बिनादाईजो बिहे गरेर सिङ्गो समाजमा उदाहरणीय बनेका छन् ।

मालपोत कार्यालय मौलापुरका प्रमुख रहेका बबुुनन्दन साहका छोरा राकेश र गौर नगरपालिका निवासी स्वर्गीय लालबहादुर साह सोनारको छोरी आरती कुमारी साहका बीच बिहीबार राति रामजानकी मन्दिरमा आदर्श विवाह भएको हो ।

विवाहमा बेहुला बेहुलीका परिवारका साथै नेपाल सोनार समाजका अध्यक्ष डा. महादेव साहलगायत समाजका केन्द्रीय तथा जिल्लास्तरीय प्रतिनिधिहरु सहभागी थिए ।

सोनार जातिमा ब्यापत सामाजिक कुरीति हटाउन पहल गर्दै डाक्टर राकेश र आरतीको विवाह ‘दहेज’ विना नै गराउन समाजले महत्वपूर्ण भूमिका खेलेको सोनार समाजका केन्द्रीय सचिव रामजी साहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप