केन्द्रीय संस्करण

नेपालका कम्युनिस्टहरु सत्तामा पुगेपछि विचलित भएका छन् : प्रचण्ड

person explore access_timeफागुन ९, २०७६ chat_bubble_outline0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीका नेताहरु आफ्नो आदर्शबाट विचलित हुने गरेको बताएका छन् । उनले यस्तो संकेत विश्व राजनीतिक इतिहाससँगै नेपालमा पनि देखिने गरेको बताएका हुन् । 

शुक्रबार भक्तपुरमा कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी समृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्टहरु क्रान्तिमा हुँदा जनताको मन जित्न सक्ने भएपनि सत्तामा पुगेपछि विचलित हुन थालेको धेरै उदाहरण भएको बताए । 

‘सत्तामा नहुँदा, आन्दोलन र क्रान्तिमा हुँदा निकै ठुलो त्याग, तपस्या र बलिदान गर्नसक्ने, जनतासँग घुलमिल हुनसक्ने जनता जहाँबस्छन् त्यहीँ, जे खान्छन् त्यहीँ खाने, जनता जसरी काम गर्छन त्यसरी नै काम गरेर जनताको मन जित्न सक्ने र नभएको सत्ता प्राप्त गर्न सक्ने कम्युनिस्ट पार्टी हुन् । तर, सत्ता प्राप्त गरिसकेपछि कही न कहीँ त्यो अदर्शबाट विचलित हुने गरेका घट्ना विश्व इतिहासमा पनि छन् । नेपालको इतिहासमा पनि त्यस्ता संकेत लक्ष्णहरु देखिने गरेका छन्’, अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा भने, ‘सत्तामा गइसकेपछि, पद, प्रतिष्ठा, लोभ, लालचा, बिकृति, विसंगति र भ्रष्टाचारजन्य क्रियाकलापहरु देखिने गरेका छन् ।’

हिजो मृत्युलाई सामना गरेर जस्तोसुकै त्याग र तपस्या गर्न तयार हुने, प्रतिकृयावादीका जेलनेल र मृत्युलाई पनि हाँसीहाँसी सामना गर्नसक्ने मान्छेहरु शासन हातमा आइसकेपछि विस्तारै अर्कैअर्कै र जनताबाट कटेको जस्तो हुने गरेको प्रचण्डको भनाई छ । 

२० औं सताव्दीमा सवैभन्दा समाजवाद निर्माण गर्न मानव जातीले असाधारण किर्तिमानी गरेपनि पछि पुँजीवादी सत्तामा पतन भएको भन्दै प्रचण्डले पहिलो र दोस्रो विश्वयुद्ध हुँदा करोडौ मानिसले ज्यान गुमाएको स्मरण गर्दै पछि कम्युनिस्ट पार्टीको नेतृत्व नै वैचारिक निष्ठाबाट विचलित भएपछि पुँजीपति, सेना कोही नचाहिने परिघटना रहेको बताए । 

‘हाम्रो नियति पनि त्यसै जाने खतरा, गइसक्यो भनेको होइन । संकेत देखिएको छ तर त्यति राम्रो संकेत देखिएनन् । आजभोलीका घट्ना हेर्दा जो मान्छेहरु विग्रने जस्तो देखिदैछ’, कम्युनिस्ट पार्टीका नेताहरुको पछिल्लो पटक देखिएको चरित्रप्रति प्रचण्डको संकेत छ । 

उनले गल्ती, कमजोरी करेक्सन गर्ने, गल्ती गर्नेलाई कारवाही गर्ने र पार्टीलाई सुदृढ गर्ने संकल्प गर्नुपर्ने बताए । ‘कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट पार्टी नै बनाएर लैजानुपर्ने, शुद्धिकरण गर्न संकल्प गर्नुपर्छ’, प्रचण्डको भनाई छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...