शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रियंका चोपडाको इन्स्टाग्राममा ५० मिलियन फलोअर्स, एक पोस्टको लिन्छिन् दुई करोड

शुक्रबार, ०९ फागुन २०७६, ०८ : ५७
शुक्रबार, ०९ फागुन २०७६

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाको सामाजिक सञ्जाल इन्स्टाग्राममा ५० मिलियन फलोअर्स पुगेका छन् । उनी भारतका विराट कोहलीपछि इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने स्टारमा पर्छिन् । 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Tassel fun. #grammys

A post shared by Priyanka Chopra Jonas (@priyankachopra) on

चोपडाको बिहिबार इन्स्टाग्राममा ५० मिलियन फलोअर्स पुगेका हुन्  । र उनी एउटा पोस्ट गरेवापत लगभग २ करोड भारतीय रुपियाँ लिन्छिन् । जुन अमेरिकी डलर २,७१,००० हो । 

 

यो हप्ताको शुरुवातमा विराट कोहलीको इन्स्टाग्राममा ५० मिलियन फलोअर्स पुगेका थिए । र यति फलोअर्स पुग्ने पहिलो भारतीय बनेका थिए । अहिले उनको ५०.२ मिलियन फलोअर्स छन् । विराट र प्रियंकापछि दीपिका पादुकोणको ४४.२ मिलियन फलोअर्स छन् । 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

A little #throwback to my Oscars looks. ✨ Which one was your favorite? #Oscars2020

A post shared by Priyanka Chopra Jonas (@priyankachopra) on

प्रियंका र विराट एकमात्र भारतीय हुन् जसले २०१९ मा इन्स्टाग्रामको रिच लिस्टमा आफ्नो स्थान बनाएका छन् । लिस्टबाट थाहा हुन्छ कि इन्स्टाग्राममा स्पोन्सर पोस्टबाट उनी २७१,००० अमेरिकी डलर कमाउँछिन् । यो सँगै उनी लिस्टमा १९ औं स्थानमा छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप