केन्द्रीय संस्करण
सन्दर्भ : शिवरात्रि

शिव, मिथक र महानायक पात्रको सिर्जना

person explore access_timeफागुन ९, २०७६ chat_bubble_outline0

हरेक समाजका मिथकहरुमा भिन्न भिन्न महानायकहरुको परिकल्पना गरिएका हुन्छन् । मानव समाजको विकासक्रममा तिनले के अर्थ, भूमिका र महत्त्व राख्छ भन्ने प्रश्नको तहमा जानको लागि हामीले समाजमा स्थापित महानायकका केही प्रकारबारे उल्लेख गर्नु सान्दर्भिक हुन्छ ।

समाजमा महानायकका पनि विभिन्न प्रकार हुन्छन्  । उदाहरणका लागि, राजनीतिक मुक्ति र राजनीतिक आन्दोलनसँग सम्बन्धित महानायकहरु पनि निर्माण हुन्छ । धार्मिक आस्थाका आधारमा तथा आध्यात्मिक ज्ञान दिने गुरुहरुलाई पनि महानायकको रुपमा पनि निर्माण गरेर स्थापित गरिएका हुन्छन् ।

समाज विकासको एउटा अवस्थामा त्यस्तो खालका महानायकको सिर्जना गर्ने, स्थापना गर्ने र संस्थागत गर्ने चिन्तनहरु हावी हुने गर्छन् । त्यसक्रममा कोही समाज सुधारकका रुपमा आउँछन्, कोही राजनीतिक रुपमा मुक्तिकामी आन्दोलनको नेतृत्व गर्ने योद्धालाई अगाडि स्थापित गर्ने रुपमा पनि महानायकको परिकल्पना आउँछ । अर्को, धार्मिक जीवनको अर्थ अथवा यो जीवनपछि त्यो जीवन  के होला भनी त्यसको अर्थ खोज्ने क्रममा पनि महानायकत्व निर्माण गर्ने र त्यसलाई संस्थागत गर्ने कुरा हुन्छ ।


जीवनको अर्थबोधको लागि, जीवनको सर्वोच्च आध्यात्मिक अर्थबोधका लागि पनि समाजमा यस्ता मिथकीय पात्रहरु सिर्जना गरिएका हुन्छन् । खासगरी,  हामीले देखिरहेका, भोगिरहेका जीवनभन्दा पर, चर्मचक्षुले नदेख्ने, दिव्य दृष्टिले महसूस गर्ने र हामी ज्ञानेन्द्रीयहरुले महसूस गर्नेभन्दा पनि पर, हाम्रो चिन्तन र भावनामा मात्र महसूस गर्ने कुरा, सांसारिक र परसांसारिक अर्थात् देखिरहेको जीवनभन्दा परको जीवनको अर्थबोध गर्ने कोशिशका क्रममा ती कुराहरु आउँछन् ।


शिवरात्रिको सन्दर्भमा कुरा गर्दा हिन्दू धार्मिक ग्रन्थहरुमा भगवान शिवको रुपमा एउटा महानायकको परिकल्पना छ । उनलाई देउताहरुको पनि देउता मानिन्छ । यस खालका चरित्रहरुको निर्माण कसरी र किन गरिन्छ भन्ने सन्दर्भमा कुरा गर्दा जीवनको अर्थबोधको लागि, जीवनको सर्वोच्च आध्यात्मिक अर्थबोधका लागि पनि समाजमा यस्ता मिथकीय पात्रहरु सिर्जना गरिएका हुन्छन् । खासगरी,  हामीले देखिरहेका, भोगिरहेका जीवनभन्दा पर, चर्मचक्षुले नदेख्ने, दिव्य दृष्टिले महसूस गर्ने र हामी ज्ञानेन्द्रीयहरुले महसूस गर्नेभन्दा पनि पर, हाम्रो चिन्तन र भावनामा मात्र महसूस गर्ने कुरा, सांसारिक र परसांसारिक अर्थात् देखिरहेको जीवनभन्दा परको जीवनको अर्थबोध गर्ने कोशिशका क्रममा ती कुराहरु आउँछन् । देखिने, बुझिने, सुनिने, छुन सकिने संसार एउटा भयो भने अर्को नदेखिने अथवा हामीले महसुस मात्रै गर्न सकिने संसार पनि छ भन्ने हिसाबमा मान्छे हुनुको, सामाजिक साँस्कृतिक प्राणी हुनुको अर्थबोध विभिन्न तहमा मानिसले खोज्छन् । त्यसक्रममा विभिन्न महानायकहरु सिर्जना गरिन्छन् ।

मानिस भौतिक अर्थको प्राणी मात्रै होइन, आध्यात्मिक अर्थको प्राणी पनि हो । त्यसो हुँदा भौतिक शरीर केले चलायमान छ र यसको अर्थ कहाँनेर छ भनेर खोज्दै जाँदा हामीसँग संसार वा समाजलाई बुझ्ने, दुनियाँलाई बुझ्ने जु हुन्छ, त्यो ज्ञान देखिन्न, त्यसलाई त महसूस गर्ने कुरा हो । त्यो ज्ञानको सन्दर्भमा कुरा आउँदा आध्यात्मिक कुरा पनि हुन्छ । ज्ञान आफैं पनि एकदम वस्तुनिष्ठ तथ्यहरुमा आधारित पनि हुन्छ, आध्यात्मिक वा ‘स्प्रिच्युअलिटी’मा आधारित पनि हुन्छ ।

हिन्दू धर्म वा शिवरात्रिको सन्दर्भमा कुरा गर्दा शिव पात्रकै सिर्जना कसरी भयो होला त ?

https://i.ytimg.com

हिन्दू धर्मभित्र शिव भन्नेबित्तिकै ‘त्रि’को कुरा आउँछ । त्रिशक्ति, त्रिनेत्र, त्रिभुवन लगायत तीनवटाको संगमभित्र हिन्दू जगतलाई हेर्ने परम्परा हुन्छ । त्यसो हुँदा शिव बाहिरबाट पो ल्याइएको हो कि भन्ने खालको तर्क तथ्यसम्मत लाग्दैन मलाई । हरेक कुरामा तीनवटाको परिकल्पना छ । ब्रमहा, विष्णु महेश्वर, त्रिनेत्र, त्रिभुवन, त्रैलोक्यका कुराहरु पनि त्यसै प्रसंगमा लिन सकिन्छ ।


हिन्दू धर्मभित्र शिव भन्नेबित्तिकै ‘त्रि’को कुरा आउँछ । त्रिशक्ति, त्रिनेत्र, त्रिभुवन लगायत तीनवटाको संगमभित्र हिन्दू जगतलाई हेर्ने परम्परा हुन्छ । त्यसो हुँदा शिव बाहिरबाट पो ल्याइएको हो कि भन्ने खालको तर्क तथ्यसम्मत लाग्दैन मलाई । हरेक कुरामा तीनवटाको परिकल्पना छ । ब्रमहा, विष्णु महेश्वर, त्रिनेत्र, त्रिभुवन, त्रैलोक्यका कुराहरु पनि त्यसै प्रसंगमा लिन सकिन्छ । हिन्दूत्वमा धेरैजसो तीनवटाले प्रतिनिधित्व गरिरहेको हुन्छ ।

त्यसैले शिव बाहिरबाट आयातित कुरा भन्दा पनि हिन्दू जीवनजगतसम्बन्धी दर्शनले नै निर्माण गरेको त्रिपात्रहरुमध्ये शिव प्रमुख पात्र हो र त्यही सन्दर्भमा हेरिनुपर्छ जस्तो लाग्छ मलाई ।

त्रिदेव अर्थात् ब्रम्हा, विष्णु र शिवमध्ये को शक्तिशाली भन्नेबारे आ–आफ्नै मिथकहरु छन् । जे सिर्जना हुन्छ, अन्त्यमा त्यो भत्किन्छ । भत्किन नदिनको लागि संरक्षण गर्नुपर्छ । दर्शनको हिसाबले त्यसलाई वैज्ञानिक नै भन्नु जरुरी छैन तर त्यसमा एउटा ‘लजिकल कोहरेन्स’ वा  तर्कसंगतता देखिन्छ । सिर्जना भएपछि त्यो अन्त्य हुन्छ र अन्त्य हुन नदिनको लागि संरक्षण हुनु जरुरी हुन्छ । हिन्दु मिथकमा एउटाले सिर्जना गर्छ, अर्कोले संरक्षण गर्छ र अर्को एउटाले संहार गर्छ भनिन्छ । ती तीनवटा शक्तिहरु मिलेपछि एउटा पूर्णता आउँछ ।

साहित्यमा नै पनि कुरा गर्दा तेस्रो आयाम, वस्तुहरुको पनि त्रिआयाम हेरिने कुरा, चलचित्रमा पनि त्रिआयामका कुरा, यी सबै कुराहरुले हिन्दु मिथकका त्रिदेवका कुरा कताकता तर्कसंगतताभित्रकै कुरा हो जस्तो मलाई लाग्छ । शिवको वा महेश्वर वा शंकरको उपस्थितिलाई पनि त्यसरी नै हेरिनु पर्छ । 


शिव, विष्णु वा ब्रम्हा भन्नु पनि मानिसकै सिर्जना हो । अर्थात् मान्छेकै काल्पनिकीको उपज हो त्यो । हिन्दु मिथकमा ब्रम्हा वा विष्णुभन्दा शिव अलि बढी पक्षपातरहित हुन् भन्ने कुरा आआफ्नो व्याख्याको कुरा हो । कतिपय आदिवासी जनजाति समुदायमा पनि शिवलाई आफ्नो इष्ट मान्ने गरिन्छ । तुलनात्मक रुपमा आदिवासी जनजातिहरु बढी समतामुलुक हुने भएकोले उनीहरुले मानेको देउता पनि सोही प्रकृतिका हुन् भन्ने मान्यता रहेको पनि हुन सक्छ ।


शिव, विष्णु वा ब्रम्हा भन्नु पनि मानिसकै सिर्जना हो । अर्थात् मान्छेकै काल्पनिकीको उपज हो त्यो । हिन्दु मिथकमा ब्रम्हा वा विष्णुभन्दा शिव अलि बढी पक्षपातरहित हुन् भन्ने कुरा आआफ्नो व्याख्याको कुरा हो । कतिपय आदिवासी जनजाति समुदायमा पनि शिवलाई आफ्नो इष्ट मान्ने गरिन्छ । तुलनात्मक रुपमा आदिवासी जनजातिहरु बढी समतामुलुक हुने भएकोले उनीहरुले मानेको देउता पनि सोही प्रकृतिका हुन् भन्ने मान्यता रहेको पनि हुन सक्छ । शिवलाई अरु देउताहरुको तुलनामा बढी शक्तिशाली मान्नुको कारण उनलाई संहारक मानिएको कारण पनि हुन सक्छ । सृष्टि र पालन फरक हो भने संहार फरक हो । शिवलाई रुद्र पनि भनिन्छन् । रुद्रबाटै रौद्र हुने र रौद्रको अर्थ रिस पनि हुने भएको सन्दर्भमा कतिपय अर्थमा कडा वा रिसाहा भएर संहार गरिहाल्छ कि भनेर त्यसरी शिवले समानतामा विश्वास गर्छन् भनेर कथा सिर्जना भएको पनि हुन सक्छ । त्यही कथाहरुमा कहिलेकाहीँ के पनि आउँछ भने आफू जलेर वा आफूले समस्या भोगेर अरुलाई खुसी दिने शक्तिको रुपमा पनि शिवलाई लिइने कुरा उनले अरु कसैले धारण गर्न नसकेको कालकूट विष आफैंले धारण गरेर संसारको रक्षा गरेको मिथकीय प्रसंगहरुबाट पनि उनलाई समानताका पक्षधरको रुपमा स्थापित गर्न भूमिका खेलेको हुन सक्छ । तर अरुभन्दा शिवलाई नै चाहिँ बढी समानतामूलक किन भनिन्छ भन्ने बारेमा चाहिँ म ठोस रुपमा भन्न सक्दिनँ ।

शिवलाई केही आदिवासीहरुले पनि पुज्छन् । तिनै शिवलाई गैर आदिवासी अर्थात् खसहरुले पनि पुज्छन् । यसै सन्दर्भमा शिव अनार्य अर्थात् आदिवासी जनजातिहरुको देउता हुन् र उनी अत्यन्तै शक्तिशाली भएकोले आर्यहरुले पनि उनलाई स्वीकारेका तर्कहरु पनि आउने गर्छन् । शिवलाई आदिवासीहरुले पनि मान्ने, उनीहरुको आर्थिक सामाजिक जीवनको चरित्र हेर्दा तुलनात्मक रुपमा गैरआदिवासीहरुभन्दा अलिकति समानतामा आधारित हुने र कथाहरुमा पनि शिवले चाहिँ बढी समानतामा विश्वास गर्ने गर्छ भनेर कथाहरु पाइन्छन् । तर त्यही कथा पनि आदिवासीहरुले बनाएको र त्यो गैरआदिवासीहरुमा पनि प्रसार भएर गएको हुन पनि सक्ने मेरो अनुमान हो । आदिवासीहरुले शिव हाम्रो हो भन्यो भनेर मान्ने हो भने पनि सबै आदिवासीहरुले त्यसो भन्दैनन् । केही आदिवासीहरुले मान्ने पुज्ने शक्ति शिवसँगै तुलना गर्न नमिल्ने पनि छन् । कतिपय आदिवासीहरुको आफ्नै पुज्य छन् । लिम्बु जातिकै कुरा गर्ने हो भने देउताभन्दा बढी देवीहरुमा बढी विश्वास गरिन्छ । लिम्बुहरुले देउताभन्दा देवीलाई बढी मान्छन् ।


शिव जसको पुज्य भए पनि वा कसले कसलाई पछि अपनाए भन्ने सहवरणको कुरा हो । राम्रो जस्तो भयो भने वा एकातिर सर्वस्वीकार्य भएकालाई आफूले पनि स्वीकार्ने परम्परा उहिले त थियो । त्यसले अर्काको राम्रो कुरालाई हाम्रो पनि हो भनेर ल्याउने वा सिक्ने कुरा संस्कारमा प्रसारवादी सिद्धान्त (Diffusion) कै हिस्सा हो । कुनै कुराको उपयोग थाहा पाउनेबित्तिकै मानिसले उपयोग गर्ने गरेको पाइन्छ । शिवको सवालमा पनि त्यस्तो पनि भएको हुन सक्ला कि भन्ने मेरो आँकलन हो ।


जेहोस्, शिव जसको पुज्य भए पनि वा कसले कसलाई पछि अपनाए भन्ने सहवरणको कुरा हो । राम्रो जस्तो भयो भने वा एकातिर सर्वस्वीकार्य भएकालाई आफूले पनि स्वीकार्ने परम्परा उहिले त थियो । त्यसले अर्काको राम्रो कुरालाई हाम्रो पनि हो भनेर ल्याउने वा सिक्ने कुरा संस्कारमा प्रसारवादी सिद्धान्त (Defussion) कै हिस्सा हो । कुनै कुराको उपयोग थाहा पाउनेबित्तिकै मानिसले उपयोग गर्ने गरेको पाइन्छ । शिवको सवालमा पनि त्यस्तो पनि भएको हुन सक्ला कि भन्ने मेरो आँकलन हो । सबैलाई माया गर्ने, शक्तिशाली भएको अर्थमा शिव हाम्रो पनि हो भनेर सबैतिर स्वीकारिएको हुन सक्छ ।

हिन्दु मिथकमा वर्णित शिवको जीवनशैली र रहनसहन आदिवासीहरुसँग मिल्दोजुल्दो देखिन्छ । प्रकृतिको निकट रहने, कन्दमुल र मद्यपानको सेवन तथा थोरै वस्त्र धारण गर्ने जस्ता चरित्रले शिवको मूल चरित्र आर्यहरुभन्दा पनि अनार्यहरुसँग निकट देखिने गर्छ भन्ने तर्क पनि आउँछन्। त्यसका साथै छलकपट नगर्ने, निश्चल, सोझो प्रवृत्ति जस्ता शिवको प्रवृत्ति पनि कतै न कतै आदिवासीहरुकै जनजीवनसँग तादम्यता राख्ने गरेको प्रसंगले साँच्चै नै शिव मूलतः आदिवासीसँगै सम्बद्ध देउता पो हुन् कि भन्ने पनि आउन सक्छ । तर सम्पूर्ण ब्रम्हाण्ड वा सबैखाले समाजलाई प्रतिनिधित्व गर्ने यी तीन शक्तिलाई नै एक ठाउँमा राख्ने क्रममा थाहा छैन कसले कसलाई अपनाए वा सहवरण गरे ? हिन्दूहरुले शिवलाई आदिवासी जनजातिको अपनत्वबाट तानेर यता ल्याएको हो कि हिन्दूहरुको देउतालाई आदिवासी जनजातिले यो रिसाहा वा अभक्ष्य खाने देउताको अर्थमा वरण गरेको पनि हुन सक्छ । राई जातिहरुम पारुहाङलाई शिव नै मान्ने चलन पनि छ ।


सम्पूर्ण ब्रम्हाण्ड वा सबैखाले समाजलाई प्रतिनिधित्व गर्ने यी तीन शक्तिलाई नै एक ठाउँमा राख्ने क्रममा थाहा छैन कसले कसलाई अपनाए वा सहवरण गरे ? हिन्दूहरुले शिवलाई आदिवासी जनजातिको अपनत्वबाट तानेर यता ल्याएको हो कि हिन्दूहरुको देउतालाई आदिवासी जनजातिले यो रिसाहा वा अभक्ष्य खाने देउताको अर्थमा वरण गरेको पनि हुन सक्छ । राई जातिहरुम पारुहाङलाई शिव नै मान्ने चलन पनि छ ।


एउटा तर्क के आउन सक्छ भने जीवन र जगतलाई बुझ्ने क्रममा त्यसको तहसम्म पुग्न नसकेपछि वा आफ्ना समझभन्दा परको विषय बन्न पुगेपछि त्यसलाई  विश्राम दिने ठाउँको रुपमा पनि यस्ता पात्रहरुको परिकल्पना गरिएको पो हो कि भन्ने तर्क पनि आउन सक्छ । तर त्यो भन्नु सही हुन्न । जीवन र जगतलाई बुझ्न नसकेपछि भन्दा पनि बुझ्ने प्रयासमा भन्नु उपयुक्त हुन्छ । आफ्नै जीवन र आफ्नै समाजलाई बुझ्ने प्रयासमा यो भएको हुन सक्छ । रहस्यमय संसारका रहस्यहरुलाई खोतल्ने क्रममा पनि यस्ता कुराहरु सिर्जना भएको हुन सक्छ भन्ने मलाई लाग्छ । संसारका आध्यात्मिक रहस्यहरुलाई फुकाउनका लागि पनि यस्ता कुराहरु आउँछन् । 

(मानवशास्त्री डा. चेम्जोङसँगको कुराकानीमा आधारित)

Homepage photo:https://images-na.ssl-images-amazon.com

Title Photo: https://assets-news-bcdn.dailyhunt.in

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...