केन्द्रीय संस्करण

अवैध सम्बन्ध राखेको आशंकामा पतिले गुप्ताङ्गमा सुपरग्लु लगाए, पत्नीको अवस्था गम्भीर

person explore access_timeफागुन ९, २०७६ chat_bubble_outline0

अफ्रिकी मुलुक केन्यामा एक व्यक्तिले अवैध सम्बन्ध राखेको आशंकामा पत्नीको यौनाङ्ग सुपर ग्लुले टालिदिएका छन् ।

पतिको यस्तो व्यवहारपछि छटपटाएकी ती महिलालाई उनका छिमेकीले उद्दार गरेका थिए । र उनलाई अस्पतालमा भर्ना गरेका थिए । उनको हालत गम्भीर भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

डेली स्टारको रिपोर्टका अनुसार ३६ वर्षीय डेनिस मुमो मानसिक रुपमा बिरामी छन् । उनले आफ्नी पत्नीको मोबाइलमा केही म्यासेज र तस्बिरहरु देखेका थिए । उनले त्यसलाई नै आधार मानेर पत्नीको अवैध सम्बन्ध भएको आशंका गरेका थिए ।

केन्याको एउटा सानो गाउँमा कितुईमा रहने मुसो मजदुर हुन् । र उनी कामको सिलसिलामा घरबाट टाढा बस्ने गर्थे । उनका अनुसार उनकी पत्नीले उनी घरमा नभएको समयमा परपुरुषसँग सम्बन्ध राख्ने गरेको उनको दाबी छ ।

घटनापछि फरार भएका थिए पति 
उद्दारकर्ताहरुका अनुसार उनले उनकी पत्नीलाई बाँधेर उनको यौनाङ्गमा सुपरग्लुले टालिदिएका थिए । र उनी फरार भएका थिए । रिपोर्टका अनुसार जब एक जना छिमेकीले उनलाई समाउने कोसिस गरेका थिए । तर उनलाई कुटपिट गरी उनी फरार भएका थिए । यद्यपि,आरोपीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनले प्रहरी समक्ष आफ्नो गल्ती स्वीकारेका छन् । 

पत्नीको गल्तीको प्रमाण
स्थानीय मिडियाका अनुसार मुसोले आफ्नी पत्नीको दोषको प्रमाण दिएका छन् ।  उनले चार पुरुषहरुले पत्नीलाई पठाएका म्यासेज र तस्बिर सार्वजनिक गरेका छन् । 

प्रहरीले मुसोमाथि घरेलु हिंसाको आरोप लगाएको छ । उनकी पत्नीको प्रजनन अंगमा गहिरो चोट लागेको छ । उनको उपचार भइरहेको भए पनि उनमा बाँझोपनको समस्या आउन सक्ने डाक्टरहरुले बताएका छन्  । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.