मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

शुक्रबार, ०९ फागुन २०७६, ०७ : ४७
शुक्रबार, ०९ फागुन २०७६

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देखिएको जनाएको छ । शुक्रबार पूर्वानुमानबारे सूचना जारी गर्दै महाशाखाले अहिले देशभर सामान्य बदलीको अवस्था छ भने पश्चिमका केही स्थानहरुमा हल्का वर्षा भैरहेको छ।
 
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको छ । 

पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा र पुर्वी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातमा भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ।  पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप