शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तकोसीमा जेटबोट बन्द हुँदा दैनिक ५ सय यात्रु प्रभावित

शुक्रबार, ०९ फागुन २०७६, ०७ : ०६
शुक्रबार, ०९ फागुन २०७६

सुरक्षाको कारण देखाउँदै सप्तकोसी नदीमा सञ्चालित मिनी पानीजहाज (जेटबोट) बन्द भएपछि यात्रुहरु मारमा परेका छन् । 

दिनभरी हिँड्नुपर्ने पैदल तथा बसमा घण्टौं यात्रा गर्नुपर्ने अवस्थालाई जेटबोटले १५–२० मिनेटमा झारेको थियो । जेटबोट बन्द भएपछि विशेष गरी भोजपुर, धनकुटा र खोटाङका यात्रु सास्ती भोग्न बाध्य छन्  ।

जेटबोट बन्द हुँदा पूर्वी पहाडी जिल्लाबासीलाई समस्या भएको भोजपुर जरायोटारका सन्दीप राईले गुनासो पोखे ।

छोटो समयको यात्रामै ओहोरदोहोर गर्न सकिने भएकाले स्थानीयलाई निकै सहज हुने गरेको थियो । यो समाचार आजको कारोबार दैनिकमा मीनकुमार नवोदितले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप