बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबका राजा र अमेरिकी विदेशमन्त्री बीच भेटवार्ता

बिहीबार, ०८ फागुन २०७६, २२ : ३२
बिहीबार, ०८ फागुन २०७६

एजेन्सी । साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउद र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका बीचमा भेटवार्ता भएको छ । 

उनीहरुबीच बिहीबार भएको भेटवार्ताका क्रममा क्षेत्रीय र अन्तरराष्ट्रिय मामिलामा विषेश छललफल भएको अधिकारीहरुले जनाएका छन् ।  दुवै जनाले दुई पक्षीय सम्बन्ध, साझा हितलगायतका विषयमा पनि कुराकानी गर्नुभएको साउदी प्रेस एजेन्सीले समाचार सम्प्रेषण गरेको छ ।  

अमेरिकी विदेशमन्त्री पोम्पेओले साउदी अरबका युवराज मोहम्मद बिन सल्मान अल साउद र विदेशमन्त्री फैसल बिन फर्हानसँग पनि भेटवार्ता गर्ने तालिका रहेको छ । उनी साउदी अरबको तीन दिने भ्रमणका लागि साउदी राजधानी रियाद आउनुभएको अधिकारीहरुले जानकारी दिएका छन् । 

अमेरिकी सरकारी अधिकारीहरुका अनुसार पोम्पेओ नेतृत्वको अमेरिकी भ्रमण टोली बुधबार रियाद आइपुगेको हो ।Photo: gettysburgtimes.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप