शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पशुपतिमा यस्तो छ बाबाहरुको चहलपहल (फोटोफिचर)

बिहीबार, ०८ फागुन २०७६, २१ : ३९
बिहीबार, ०८ फागुन २०७६

काठमाडौं  ।  काठमाडौंस्थित पशुपतिको मन्दिर परिसर साधु–सन्त र बाबाहरुको चहलफल बढेको छ। शिवरात्रीको अवसरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट आउने साधुसन्तहरुले पशुपति क्षेत्र भरिभराउ हुन्छ। साधुहरु गाँजा चरेस तानेर लठ्ठ छन् । 

महाशिवरात्रीका लागि एक दिनमात्र बाँकी रहँदा अघिल्ला वर्षहरुको तुलनामा बाबा तथा साधुसन्तहरुको चहलपलह बढेको हो ।

बागमतीदेखि पारिपट्टी किनारमा साधु सन्तका अनेक क्रियाकपाल र खरानी घसेको जटाधारी रुप हेर्न बागमती पारिपट्टी युवाहरुको घुँइचो लागेको छ । 

 यता हिन्दु भक्तजनहरुले रातभर जाग्राम बसेर हिन्दुहरुले भगवान शिवको पुजा आराधना गरिरहेका छन् । लाखौंको सङ्ख्यामा आउने भक्तजनहरूको व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषले विशेष तयारी गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप