शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वयंसेवक संघ नेपालको २० दिने संघ शिक्षावर्गको समापन

सोमबार, ०५ असार २०७४, ०८ : १३
सोमबार, ०५ असार २०७४

मोरङ - मोरङको कटहरीमा गत २० दिन सञ्चालन भएको हिन्दू स्वयंसेवक संघ नेपालको संघ शिक्षा वर्ग प्रथम वर्षको समापन भएको छ ।

नेपाली सेनाका निवर्तमान प्रधान सेनापति गौरव शमशेर राणाको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा भारतको राष्ट्रिय स्वयंसेवक संघका अखिल भारतीय बौद्धिक शिक्षण प्रमुख स्वान्तरञ्जनको विशेष उदबोधन रहेको थियो ।

स्वान्तरञ्जनले भने,
-समाजका लागि आवश्यक संस्कार, समाजनिष्ठ, दक्ष र कुशल नागरिक निर्माणको कार्यमा हिन्दू स्वयंसेवक संघ २६ वर्षदेखि कार्य गर्दै आइरहेको सराहना गर्दछु ।
-हिन्दू स्वयंसेवक संघले युवालाई सही दिशा दिनेमा म विश्वस्त छु ।
-विश्वमा व्याप्त अशान्ति, पर्यावरण प्रदूषण जस्ता विविध समस्याबाट त्राण पाउन हिन्दू जीवन दर्शनकै शरणमा जनुबाहेक अर्को कुनै विकल्प छैन।
-निस्वार्थ सेवा (कार्य) गर्ने संगठनबाट नै समाज लाभान्वित हुन्छ र राष्ट्रको हित हुने छ ।
-कठोर दिनचर्यासहितको अनुशासनपूर्ण प्रशिक्षणबाट शिक्षित भएका युवा स्वयंसेवकहरुलाई मेरो शुभकामना छ ।
-सक्रिय रुपले संघको कार्यमा जुट्न सबैलाई आह्वाहन पनि गर्दछु ।

पूर्व प्रधानसेनापति गौरव शमशेरले भने, 
-छोटो समयमा कुशलतापूर्वक प्रशिक्षित भएका विद्यार्थिलाई समाज र राष्ट्रको उन्नतिमा जिम्मेवारीसहित लाग्ने प्रेरणा संघबाट मिलेको देख्दा म निकै गौरवान्वित भएको छु ।

२० दिने प्रशिक्षणलाई नेपाल पुलिसका पूर्व एआईजी कल्याण कुमार तिम्सिनाले वर्गाधिकारीको दायित्वमा रहेर अभिवावकको भूमिका प्रदान गरेका थिए।

कार्यक्रममा झापा, मोरङ र सुनसरीका समाजसेवी, शिक्षा सेवी, बुद्धिजीवी, व्यावशायी, सर्वसाधारण गरी करीब २ हजारको उपस्थिति रहेको स्वयमसेवक भुपेन क्षत्रीले जानकारी दिए ।

समपनमा गत जेठ १५ गतेदेखि विभिन्न शारीरिक र बौद्धिक कार्यक्रमको अभ्यास गरेका ४३ जिल्लाका १२४ जना स्वयंसेवकले खेल, नियुद्ध, योग आसन, व्यायाम, योगका साथै घोषको भव्य प्रदर्शन गरेका थिए । प्रशिक्षार्थीहरुको दीक्षान्त कार्यक्रम सोमवार हुने संघका राष्ट्रीय कार्यवाह मुरली निरौलाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप