नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो
काठमाडौँको बढी पैदलयात्रुले सडक पार गर्ने चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण चाँडै सम्पन्न हुने भएको छ । सो पुलको डिजाइनमै समय बढी लागेको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताए । पुल निर्माणको अवधि गत पुसमा सकिएको छ ।
अहिले नियमित रुपमा निर्माण भइरहेकाले केही समयपछि सम्पन्न हुने उनले बताए । उनले भने, “बाँकी रहेको काम पनि अहिले नियमित रुपमा अघि बढेको छ ।” डिभिजन सडक कार्यालय काठमाडौँले गत चैतमा आठ महिनामा आकाशेपुल सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।
ठेक्का सम्झौता भइसक्दा पनि सडकमा रहेका खानेपानीको पाइप, विद्युत्को पोललगायतका संरचना हटाउन नसकिएका कारण निर्माण शुरु गर्न केही ढिलाइ हुन गएको थियो ।
अहिले ती सबै संरचना हटाइ सकिएकाले नियमित रुपमा काम भइरहेको हो । यस स्थानमा महानगरपालिकाको आकाशेपुल निर्माणको योजना नभएकाले कार्यालयले अघि बढाएको थियो ।
सङ्घीय सरकारले निर्माण गरेका सडकमा सकेसम्म आफैँले आकाशेपुल निर्माण गर्ने प्रमुख नेपालीले बताए ।
सडक विभागले काठमाडौँ चक्रपथ सुधार योजनाअन्तर्गत कोटेश्वर–कलङ्की सडकखण्डमा पनि छ स्थानमा आकाशेपुल निर्माण गरिरहेको छ ।
कार्यालयले भने नयाँ बानेश्वर र कोटेश्वर गरी दुई स्थानमा आकाशे पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । कोटेश्वर चोकमा पनि आकाशेपुल निर्माणको प्रक्रियाअघि बढेपनि वडा कार्यालयले स्थान परिवर्तनको माग गरेपछि अघि बढ्न सकेको छैन ।
काठमाडौँ महानगरपालिकाले माइतीघर, टेकुलगायतका स्थानमा आकाशेपुल निर्माण गर्ने भनेको छ । माइतीघरमा पुल निर्माणको अवधि गत मङ्सिरमा सकिएपनि सम्पन्न भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?
-
छोरी बलिउडमा आओस् भन्ने चाहँदैनन् सञ्जय
-
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
-
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, यस्ता छन् छलफलका एजेन्डा