पिएन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच ग्याङ फाइट, २ जना गम्भीर घाइते

पोखरा । सत्तारुढद दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठनबीच पोखराको पृथ्वीनारायण क्याम्पसमा झडप भएको छ । नेकपा निकट अनेरास्ववियु र काँग्रेस निकट नेविसंघका सदस्यबीच क्याम्पस परिसरमै हानाहान भएको हो ।
झडपमा अनेरास्ववियुका विराट दवाडी र विशाल पन्त घम्भिर घाईते भएका छन् । नेविसंघका सतिश बास्तोलाको नेतृत्वको टोलीले रड प्रहार गर्दा उनीहरु गम्भिर घाइते भएको अनेरास्ववियु कास्कीका अध्यक्ष विवेक देवकोटाले जानकारी दिए । ‘दोहोरो हानाहान हो,’ उनले भने, ‘तर, ज्यान मार्ने उद्देश्यले हतियार प्रहार भयो ।’ अहिले उनीहरुको मणिपाल अस्पतालमा उपचार भइरहेको छ । घाइते दुइलाई आइसियूमा राखिएको छ ।
यसअघि अनेरास्ववियुका विराट र विशालले नेविसंघका सतिशमाथि पनि हमला गरेका थिए । संगठनमा आबद्ध भएपनि व्यक्तिगत रिसिइबी साँध्न सांगठनिक हमला भएको अनेरास्ववियुले बताएको छ । नेविसंघका निर्वतमान केन्द्रीय सदस्य भानु ढकालले सांगठनिक रुपमा नभई व्यक्तिगत रिसिबीको कारण कुटाकुट भएको प्रष्ट पारे । उनका अनुसार झडपमा नेविसंघका केही सदस्य पनि घाईते भएका छन् । ‘संगठनले त यस्ता झगडामा नलाग्नुस् भनेका छौं,’ उनले भने । वार्ताको माध्यमबाट कुरा मिलाउने पक्षमा आफूहरु रहेको उनले सुनाए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार झगडा भएको जानकारी पाए पनि अहिलेसम्म कुनै जाहेरी भने परेको छैन । ‘झगडा भएको भन्ने त हामीले थाहा पाएका हौं,’ उनले भने, ‘तर कुन संगठन निकट हो भनेर हामीलाई जानकारी आएको छैन । लिखित÷मौखिक कुनै पनि किसिमको जाहेरी हामीलाई परेको छैन ।’ पिएनमा यसअघि पनि यस्ता घटना हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुन्छन्'
-
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब बजेट
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी
-
‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा
-
‘आउटलः दफा २१९’को एक्सनले उठाउला सुशीलको करियर ?
-
भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै