ज्योती मगरसँग अभिनेता राजले ल्याए ‘लाहुरे’
काठमाडौं । करिब दर्जन फिल्ममा नायकको भूमिका निर्वाह गरेका अभिनेता राज क्षितिज गायकको रुपमा पनि देखिएका छन् । ‘लाहुरे’ बोलको लोकगीतमार्फत उनी गायकको रुपमा देखिएका हुन् । गीतमा राजलाई गायिका ज्योती मगरले साथ दिएकी छन् ।
बिहिबार बागबजारस्थित हेल्लो क्याफेमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको छ । कार्यक्रममा लोकप्रिय गायक नवराज घोरासैनी, कलाकार उत्तम केसी, चलचित्र निर्देशक मदन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गीतको भिडियोसमेत देखाइएको थियो । भिडियोमा गायक राजको अलवा रिचा थापा, बुद्ध श्रेष्ठ, भुपाल कार्की, प्रज्ञासी थापा, सृजना मैनाली, सुरेश राय यादव, अस्मिता कार्की र बालकलाकार आयान पौडेल र उत्कृष्ट सोनाम लगायतको अभिनय रहेको छ ।
गायक राजकै शब्द रहेको गीतमा लय नविन रावलको रहेको छ । विदेशमा रहेको श्रीमान् छोडेर अर्काे केटासँग मोजमस्ती गर्ने केटीको कथा बुनेको भिडियाले समाज युवापुस्तामाझ छाएको विकृती र बिसंगतीमा पनि तिखो प्रहार गरेको छ ।
भिडियोमा सागर गौतमको छायाँकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ । गीतको भिडियो उत्तम वाइवा लामाले निर्देशन गरेका हुन् । कार्यक्रममा गायक नवराज लम्सालले नयाँ पुस्ताको आगमले लोकगीतको श्रीबृद्धीमा महत्वपुर्ण भूमिका खेल्ने बताए ।
गायक तथा अभिनेता राजले आफ्नो सानैदेखिको गायनको प्यास मेटाउन लोक गीत गाएको बताए । उनले यो गीत सुरुवात भएको बताउँदै आगामी दिन यो भन्दा पनि राम्रा गीत संगीत दिने बाचा गरे
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका पूर्वकेन्द्रीय सदस्य बलबहादुर केसीको निधन
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन