बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गोकुलको राजीनामापछि सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री खतिवडालाई

बिहीबार, ०८ फागुन २०७६, १८ : ३१
बिहीबार, ०८ फागुन २०७६

काठमाडौँ । सञ्चार तथा प्रविधिमन्त्रीको जिम्मेवारी अर्थमन्त्री समेत रहेका युवराज खतिवडाले पाएका छन् ।

७० करोड कमिसन प्रकरणमा मुछिएर गोकुल प्रसाद बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई सञ्चारमन्त्रीको जिम्मेवारी तोकेकी हुन् । 

यस्तै मन्त्री बाँस्कोटाले नै सम्हाल्दै आएको सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङलाई दिइएको छ । 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा एक स्वीस एजेन्टसँग ७० करोड कमिसनको अडियो बाहिरिएपछि बाँस्कोटाले मन्त्री पद गुमाएका हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप