शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरीका आईजीपीलाई सशस्त्र प्रहरीका आईजीपीको बधाई

बिहीबार, ०८ फागुन २०७६, १८ : २३
बिहीबार, ०८ फागुन २०७६

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर प्रसाद ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार प्रहरी प्रधान कार्यालय पुगेर बधाइ दिएका छन् । 

नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नियुक्त भएका प्रहरी महानिरीक्षक ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक खनाल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुले प्रहरी प्रधान कार्यालयमा भेटघाट गरी शुभकामना सहित बधाइ ज्ञापन गरेका हुन् । 

भेटघाटका अवसरमा उनीहरुबीच शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने लगायतका विषयमा सुरक्षा निकायहरुबीच एक्यबद्ध भई अगाडि बढ्ने लगायतका विषयमा छलफल भएको थियो । नेपाल सरकारको नीति अनुरुप तोकिएको जिम्मेवारी बहन गर्ने क्रममा आपसी सहयोग, सदभाव र भाइचारा अभिवृद्धि गरी राष्ट्रिय हितका लागि समर्पित भई काम गर्ने प्रतिबद्धता उनीहरुले व्यक्त गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप