बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीलाई गोकुल बाँस्काटाले मु** भनेपछि भत्सर्ना, कारबाहीको माग

बिहीबार, ०८ फागुन २०७६, १८ : १२
बिहीबार, ०८ फागुन २०७६

काठमाडौँ । निवर्तमान सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको अभिव्यक्ति प्रति निजामती कर्मचारी युनियनले कडा आपत्ति जनाएको छ ।

उनले ७० करोड कमिसनको बार्गेनिङ गरेको एक अडियोमा कर्मचारीलाई मु**हरु भन्दै अपमान गरेका थिए । 

‘नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी लिएका व्यक्तिबाट यस्तो उपेक्षाबोधक अश्लील शब्दले आम राष्ट्रसेवकलाई मान मर्दन गर्नु खेदयोग्य र कारबाहीजन्य अपराध हो,’ युनियन(सङ्घ)का उपमहासचिव दुर्गाप्रसाद फुयाँलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा स्वतन्त्र छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दछौँ ।’ 

कमिसन प्रकरणमा मुछिएका बाँस्कोटाले बिहीबार नै राजीनामा दिइसकेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप