बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

विन्ध्यवासिनी हाइड्रोपावर साधारण शेयर बिक्री गर्दै

बिहीबार, ०८ फागुन २०७६, १८ : १०
बिहीबार, ०८ फागुन २०७६

लमजुङ । लमजुङ र कास्कीको सिमानामा निर्माण भएको रुदी खोला ए र रुदी खोला बी जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्ने भएको छ । ती आयोजनाको प्रवद्र्धक विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले लमजुङ र कास्की जिल्लाको सिमानामा बग्ने रुदी खोलामा निर्माण गरेको ८.८ मेगावाट क्षमताको रुदी खोला ए र ६।६ मेगावाट क्षमताको रुदी खोला बी गरी कूल १५.४ मेगावाट क्षमताका दुई आयोजना सञ्चालनमा छन् । 

प्रवद्र्धक कम्पनीका अनुसार रुदी खोला ए जलविद्युत् आयोजनाले २०७५ साल चैत र रुदी खोला बी जलविद्युत् आयोजनाले यही फागुन ४ गतेदेखि व्यापारिकरुपमा विद्युत् उत्पादन शुरु गरिसकेको छ । दुवै आयोजनाको औसत प्रतिमेगावाट लागत रु १७ करोड ५० लाख छ । 

कम्पनीले निष्काशन गर्न लागेको साधारण शेयरमध्ये १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका नागरिकलाई र बाँकी १५ लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गरिनेछ । सो कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड र शेयर प्रत्याभूतिकर्ता ग्लोबल आइएमई क्यापिटल लिमिटेड छन् ।

कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले ग्रेड चार दिएको छ । कम्पनीले शेयर बिक्रीका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको कम्पनीका महाप्रबन्धक जनार्दन अर्यालले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप