शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरीका दुई पूर्वडीएसपी पक्राउ

बिहीबार, ०८ फागुन २०७६, १८ : ०३
बिहीबार, ०८ फागुन २०७६

काठमाडौँ । नेपाल प्रहरीका अवकाश प्राप्त दुई प्रहरी नायब उपरीक्षक (डीएसपी) पक्राउ परेका छन् । आर्थिक अनियमितता आरोपमा डीएसपीद्वय त्रिलोक चन्द र कृष्णबहादुर कुँवर पक्राउ परेका हुन् ।

हुम्लामा प्रहरी प्रमुख भएर काम गरेका चन्द र कुँवरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएर अनुसन्धान अघि बढाएको अख्तियार स्रोतले जनाएको छ । 

लेखापालसँग मिलेर प्रहरीको तलब, रासनलगायतको बजेट हिनामिना गरेको आरोप उनीहरूमाथि छ । ०७० र ०७१ मा जिल्ला प्रहरी कार्यालय हुम्लामा बजेट हिनामिना भएको थियो ।

कार्यरत नै नरहेका प्रहरीको नाममा किर्ते हस्ताक्षर गरी तलब निकासा गरी अनियमितता गरेको खुलेपछि उनीहरुलाई पक्राउ गरेर आयोगले छानबिन अघि बढाएको हो । 

अनियमिततामा दुई डिएसपीकै मिलेमतो भएपनि प्रहरी नेतृत्वबाट उनीहरुलाई जोगाइएको थियो । उनीहरुविरुद्ध अख्तियारमा उजुरी परेपछि उनीहरू पक्राउ परेका हुन् । 

अनियमिततामा संलग्न तत्कालीन लेखापाल सई वीरेन्द्र चन्द प्रहरी सेवाबाट पहिले नै बर्खास्त भइसकेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप