शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोकुल बाँस्कोटाले राजीनामा दिएर मात्रै हुँदैन, प्रधानमन्त्रीमाथि पनि शंका छ : गगन थापा (भिडियो सहित)

बिहीबार, ०८ फागुन २०७६, १७ : ५२
बिहीबार, ०८ फागुन २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता भए नभएको पुष्टि नभएसम्म आश्वस्त नहुने बताएको छ । उसले प्रधानमन्त्री ओलीमाथि पनि शंका रहेको भन्दै त्यसको निवारण हुनुपर्ने बताएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रकरणमा स्वीस कम्पनीका एजेन्टसँग मोलमोलाइको विषयमा गरेको संवाद बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि कांग्रेसले यस्तो धारणा दिएको हो । 

संसदभवन बाहिर नेपाली कांग्रेसका नेता गगन थापाले सञ्चारमन्त्रीको बाँस्कोटाको राजीनामाले मात्रै नहुने उल्लेख गर्दै यो विषयमा प्रधानमन्त्रीको संलग्नता छैन भन्ने कुरा पुष्टि नहुने बेलासम्म देश आश्वस्त नुहने बताए । 

प्रधानमन्त्रीले बिहीबार सार्वजनिक भएको अडियो एक महिना अगाडि नै सुन्नुभएको कुरा बाहिर आएको उल्लेख गर्दै थापाले भने, ‘अडियो सुनेपछि प्रधानमन्त्रीले गोकुल बाँस्कोटा एकातिर अरु सबै एकातिर राख्दा पनि पुग्दैन भनेर दिएको अभिव्यक्ति के हो ?’ थापाले प्रधानमन्त्रीले दिएका टिप्पणीहरुका आधारमा प्रधानमन्त्रीको अभिभावकत्व, प्रधानमन्त्रीको संरक्षकत्वमा यी कुराहरु भइरहेका थिए वा प्रधानमन्त्रीलाई जानकारी थिएन भन्दै ? प्रश्न गरे । 

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले यस्ता गम्भिर विषयमा संसदमा छलफल गरेर टुंग्याउनुपर्नेमा त्यसो हुन नसकेको बताए । सत्तापक्षले छलफल गर्न नचाहाने र प्रतिपक्ष अल्छि भएर जे कुरामा पनि संसद अवरुद्ध गर्ने राम्रो नभएको भन्दै उनले संसदमा गम्भीर छलफल गरेर समाधान गर्नेतिर जानुपर्ने बताए । 

उसले प्रधानमन्त्री ओलीमाथि पनि शंका रहेको भन्दै त्यसको निवारण हुनुपर्ने बताएको छ ।



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप