शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘राजीनामा गरेर हुँदैन, बाँस्कोटालाई कारवाही गर्नुपर्छ’

बिहीबार, ०८ फागुन २०७६, १७ : १२
बिहीबार, ०८ फागुन २०७६

काठमाडौँ । नागरिक समाजका अगुवा तथा वरिष्ठ डाक्टर सुन्दरमणि दीक्षितले कमिसन खेलमा मुछिएका निवर्तमान मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएर मात्रै नपुग्ने बताएका छन् । उनले बाँस्कोटामाथि कारवाहीको माग समेत गरेका छन् । 

संवाद डबलीले विहीबार गरेको कार्यक्रममा बोल्दै उनले बाहिरिएको अडियोमा बाँस्कोटाको असलियत छताछुल्ल भएको बताए । मंचबाट कसैलाई पनि बाँकी नराख्ने बास्कोटा आफै नरहेको भन्दै डा दीक्षितले भने, “गोकुल बास्कोटाले सँधै मंचबाट मनलाग्दी बोलेर कसैलाई पनि बाँकी राख्नु हुन्नथ्यो । बास्कोटाजीले सबै मानिसहरु खराब, आफूमात्रै असल भनेर जुन देखाउनु हुन्थ्यो तर आज अडियो सुन्दा सबैभन्दा खराब त उहाँनै रैछ ।” 
 डा. दीक्षितले रानीनामा दिन लगाएर छुट दिन नहुने भन्दै कडा कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिए । उनले प्रधानमन्त्री ओली अग्नि परीक्षामा रहेको समेत बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप