मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

महिला सशक्तीकरणमा नेता नेपालको जोड

बिहीबार, ०८ फागुन २०७६, १७ : ०७
बिहीबार, ०८ फागुन २०७६

रौतहट । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महिला सशक्तीकरणमा जोड दिएका छन् । उनले महिला सशक्त नभए देशविकास असम्भव रहेको पनि बताए । 

 रौतहटको सदरमुकाम गौरमा राजदेवी मिडिया सेन्टरद्वारा बिहीवार आयोजित आठौं जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगिताका विजयी छात्राहरुलाई पुरस्कार वितरण  गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

मिडिया सेन्टरले प्रजातन्त्र दिवसको अवसर पारेर प्रत्येक वर्ष आयोजना गर्दै आएको महिला साइकल दौड प्रतियोगिताले छात्राहरुमा प्रजातन्त्रको लागि भएको लडाइँको सम्झना हुने उनले बताए । 

उनले रौटहटको विकासका लागि आफूले पहल गरिरहेको भन्दै पनि बताए । 

प्रदेश २ मा भ्रष्टाचार गर्ने परपाटी बढिरहेको चर्चा गर्दै उनले दोषी जनप्रतिनिधी तथा कर्मचारीलाई कारबाहीको दायरामा ल्याइनुपर्नेमा जोड दिए । 

सो क्रममा नेपालले साइकल दौडमा प्रथम भएकी गौर ३ की चञ्चल कुमारीलाई ५० हजार, दोस्रो राजदेवी ६ की रबिना साहलाई ३० हजार र तेस्रो भएकी ममता यादवलाई २० हजारको चेक हस्तान्तरन गरेका थिए।

साइकल दौड प्रतियोगितामा २७ जना छात्राले भाग लिएको राजदेवी मिडिया सेन्टरका अध्यक्ष रामपुकार पटेलले बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप