शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

समृद्ध प्रदेश निर्माणका लागि पुरानो मनस्थितिले काम गर्दैन : मुख्यमन्त्री पोखरेल

बिहीबार, ०८ फागुन २०७६, १६ : ५५
बिहीबार, ०८ फागुन २०७६

बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई समृद्ध बनाउनका लागि पुरानो मनस्थितिले काम नगर्ने बताएका छन् ।

उनले अझैपनि पुरानो संरचना अनुसार नै मनस्थिति कायम रहेकाले यसलाई चिर्नु अहिलेको चुनौती प्रमुख चुनौति रहेको बताए । 

नेपाल प्रेस युनियनले आगामी चैत २१ र २२ मा नेपालगञ्जमा गर्न लागेको नवौं राष्ट्रिय महाधिवेशनको बारेमा जानकारी र निमन्त्रण दिन पुगेको टोलीलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् । 

त्यसै अवसरमा उनले प्रदेशको स्थायी राजधानीका लागि उपयुक्त ठाउँको खोजी भइरहेको पनि जानकारी दिए । 

त्यस अवसरमा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्रि सिग्देलले युनियनको केन्द्रीय महाधिवेशन यही प्रदेशमा गर्ने कुरा प्रदेशका हिसावले पनि गौरवको बिषय भएको बताउँदै महाधिवेशनको समयमा शान्ति सुरक्षा लगायतका कुराहरुमा सकारात्मक वातावरण बनाइदिन मुख्यमन्त्री पोखरेललाई आग्रह गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप