शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश सरकार भ्रष्टाचारमा लिप्त भयो : काँग्रेस

बिहीबार, ०८ फागुन २०७६, १६ : ४४
बिहीबार, ०८ फागुन २०७६

कैलाली । नेपाली काँग्रेस संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएको छ । बिहीबार काँग्रेस संसदीय दलले पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएको हो ।

सरकारले दुई वर्षको अवधिमा ५४ अर्व ४२ लाख बराबरको वजेट विनियोजन गरेको भएपनि कार्यान्वयन भने भ्रष्टाचारको वरिपरि घुमेको काँग्रेस संसदीय दलको आरोप छ ।

‘ देखिने उपलब्धि केही पनि छैन’ काँग्रेस संसदीय दलका नेता डा. रण वहादुर रावलले भने, ‘के सरकारले वजेट विनियोजन कार्यकर्ता पोस्न र भ्रस्टाचार गर्न मात्र हो ?’

 चालू आर्थिक वर्षमामात्रै २८ अर्ब १६ करोड २० लाख ३५ हजार बजेट विनियोजन भएपनि खर्च भने ७ महिनाको अवधिमा १३ प्रतिशत मात्रै भएको उनले बताए । 

 उनले आर्थिक वर्ष सकिन ४ महिना मात्र बाँकी हुँदा सरकारले प्रति दिन २० करोड ४१ लाख खर्च गर्नुपर्ने बताए । 

असारे प्रवृति हटाछु भन्ने सरकारले फेरि पनि असार्े प्रवृति नै दोहो¥याउन लागेको प्रति कांग्रेस संसदीय दलका नेता रावलले चिन्ता व्यतm गरेका छन । 

कांग्रेस संसदीय दलको १० आरोप
१ स्वरोजगार  कोषमा एक अर्व वजेट विनियोजन गरियो, रोजगारीको नाममा जिरो ।

२ मुख्यमन्त्रीले सपथ ग्रहण गरेकै दिन भारतमा गएका युवाहरुलाई स्वदेशमै रोजगारी दिने बताए पनि २० प्रतिशत युवा भारत पलायन हुन नरोकिएको ।

३ आवश्यक विधेयक ल्याउनुभन्दा टुक्रे विधेयक ल्याएर संख्या मात्र देखाएको ।

४ योजना आयोग र अव्यवस्थित वसोवासलाई व्यवस्थित  गर्ने जस्ता विधेयक नल्याएको ।

५  सुशासन विधेयक संसदवाट पास भएपनि प्रमाणीकरण नहुनुले सरकारको नियत भ्रष्टाचार बढाउन उद्दत देखिएको ।

६. प्रदेश सरकारले १६ वटा एम्बुलेन्स खरिद तथा वितरण र ८८ वटा स्थानीय तहका लागि अल्ट्रासाण्ड खरिदमा आर्थिक अनियमितता गरेको ।

७. प्रदेश तथा स्थानीय तहमा मार पर्ने गरी कर तोकेको ।

८ वनसम्बन्धी तीन तहले कर असुली, जग्गा खरिदमा दोहोरो कर, एकीकृत सम्पत्ति कर लगायतले व्यवसाय धरापमा पारेको । 

९ हावाहुरी, हिउँदे वर्षा, हिमपात, चट्याङ, पहिरो लगायतका विपद् घटनाका पीडितलाई राहत वितरण गर्नमा सरकार मौन रहेको ।

१० प्रदेशमा हत्याहिंसा बलात्कार भइरहेपनि सरकारले शान्ति सुरक्षा दिन नसकेको ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप