राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा भएको १९ महिनामा गोकुल बाँस्कोटाको पद गयो
काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा नियुक्त बनेको १९ महिनामा गोकुल बाँस्कोटा सिंहदरबारबाट बाहिरिएका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् ।
२०७४ चैत २ गते केपी ओली नेतृत्वको सरकारमा राज्यमन्त्रीबाट इन्ट्री पाएका बाँस्कोटा त्यसको १४ महिनापछि मन्त्रीमा बढुवा भएका थिए ।
बाँस्कोटा प्रधानमन्त्रीको मुख्य सहयोगी भएकै कारण मन्त्रीमा बढुवा भएको त्यतिबेला चर्चा भएको थियो ।
आफ्नो अभिव्यक्तिका कारण बेलाबेला चर्चा र विवादमा समेत आउने गरेका उनी सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड बढी कमिसन मागेको अडियो बाहिरिएपछि थप विवादमा तानिएका थिए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे उनले स्वीस कम्पनीका नेपाली एजेन्टले कमिसनको ‘डिल’ गरेको एउटा अडियो सार्वजनिक भएको थियो । सो अडियोपछि चौतर्फी आलोचित बनेका मन्त्री बाँस्कोटा प्रधानमन्त्रीको निर्देशनपछि राजीनामा दिने निश्कर्षमा पुगेका हुन् । उनले प्रधनमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा पत्र बुझाइसकेका छन् ।
आजै प्रधानमन्त्री ओलीले आफू भ्रटाचारमा संलग्नमाथि निर्मम बन्ने र त्यो व्यवहारमा देखिएको पनि बताएका छन् ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका प्रधानमन्त्रीले भ्रष्टाचारको मामिलामा आफू शून्य सहनशील व्यक्ति भएको दोहोर्याए ।
पछिल्लो समय बाँस्कोटालाई प्रधानमन्त्री ओलीले सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिएका थिए । प्रधानमन्त्रीले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि रिक्त रहेको स्थानमा बाँस्कोटालाई जिम्मेवारी दिएका थिए ।
गत पुस १५ गतेमात्रै बाँस्कोटाले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएकोमा त्यसको २ महिनापनि बित्न नपाउँदै सिंहदरबारबाटै बाहिरिन पुगेका हुन् ।
बाँस्कोटाले ओली सरकारमा मन्त्रीको रुपमा लगभग १९ महिना र राज्यमन्त्रीको रुपमा १४ महिना बिताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण