सञ्चारमन्त्रीको अडियो प्रकरण: काँग्रेसद्वारा प्रतिनिधिसभा अवरुद्ध
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो ।
अडियो सार्वजनिक भएसँगै काँग्रेसले बाँसकोटालाई बर्खास्त गर्न माग गरेको हो । काँग्रेस सांसद पुष्पा भुषालले संसदमा सञ्चारमन्त्रीको राजीनामा मागेर संसद अवरुद्ध गर्ने घोषणा गरेसँगै काँग्रेस सांसदहरु उठेर अवरोध गरेका थिए । त्यसैबीचमा सभामुख अग्नि सापकोटाले आफुलाई सञ्चारमन्त्रीले राजीनामा दिएको अनौपचारिक जानकारी आएको जानकारी गराएका थिए । त्यसपछि सभाममुख सापकोटाले बैठक फागुन १३ गते मंगलबार बस्नेगरी स्थगित गरेको घोषणा गरेका थिए । यसअघि काँग्रेसले राष्ट्रियसभामा पनि अवरोध गरेको थियो ।
संसदमा बोल्ने क्रममा काँग्रेसकी सचेतक समेत रहेकी भुषालले सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि ७० करोड घुस मागेको विषयले राष्ट्रिय राजनीति तातेको भन्दै गरिब नेपाली जनताले सुशासन र आर्थिक समृद्धि खोजेको बताएकी थिइन् । । ‘नयाँ संविधानले पनि सुशासनका लागि भ्रष्टाचार हुनुहुँदैन भनेर त्यो सन्देश नेपाल सरकारलाई दिएको थियो । तर क्याविनेटबाट भ्रष्टाचारका विषयहरु बाहिरिएका छन् । यसमा प्रमुख प्रतिपक्षको गम्भीर ध्यानाकर्षण भएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसका बारेमा मन्त्री र एजेन्टबीचको बार्गेनिङ सवै सञ्चारमाध्यमा आएको छ । यसलाई प्रधानमन्त्रीले कसरी हेर्नुहुन्छ ?’ उनले प्रश्न गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर