सञ्चारमन्त्रीको अडियो प्रकरण: काँग्रेसद्वारा प्रतिनिधिसभा अवरुद्ध
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो ।
अडियो सार्वजनिक भएसँगै काँग्रेसले बाँसकोटालाई बर्खास्त गर्न माग गरेको हो । काँग्रेस सांसद पुष्पा भुषालले संसदमा सञ्चारमन्त्रीको राजीनामा मागेर संसद अवरुद्ध गर्ने घोषणा गरेसँगै काँग्रेस सांसदहरु उठेर अवरोध गरेका थिए । त्यसैबीचमा सभामुख अग्नि सापकोटाले आफुलाई सञ्चारमन्त्रीले राजीनामा दिएको अनौपचारिक जानकारी आएको जानकारी गराएका थिए । त्यसपछि सभाममुख सापकोटाले बैठक फागुन १३ गते मंगलबार बस्नेगरी स्थगित गरेको घोषणा गरेका थिए । यसअघि काँग्रेसले राष्ट्रियसभामा पनि अवरोध गरेको थियो ।
संसदमा बोल्ने क्रममा काँग्रेसकी सचेतक समेत रहेकी भुषालले सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि ७० करोड घुस मागेको विषयले राष्ट्रिय राजनीति तातेको भन्दै गरिब नेपाली जनताले सुशासन र आर्थिक समृद्धि खोजेको बताएकी थिइन् । । ‘नयाँ संविधानले पनि सुशासनका लागि भ्रष्टाचार हुनुहुँदैन भनेर त्यो सन्देश नेपाल सरकारलाई दिएको थियो । तर क्याविनेटबाट भ्रष्टाचारका विषयहरु बाहिरिएका छन् । यसमा प्रमुख प्रतिपक्षको गम्भीर ध्यानाकर्षण भएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसका बारेमा मन्त्री र एजेन्टबीचको बार्गेनिङ सवै सञ्चारमाध्यमा आएको छ । यसलाई प्रधानमन्त्रीले कसरी हेर्नुहुन्छ ?’ उनले प्रश्न गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण