सञ्चारमन्त्री बास्कोटाले राजीनामा दिँदा उपयुक्त हुन्छ: बाबुराम भट्टराई

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा मागेका छन् । संसद भवनबाट बाहिरिँदै गर्दा अध्यक्ष भट्टराई सञ्चारमन्त्री बास्कोटाले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् । उनले भने, ‘यस्तो तथ्यसहितको अडियो रेकर्ड बाहिर आएको छ, उहाँले राजीनामा दिँदा नै उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ ।’
अध्यक्ष भट्टराईले मन्त्री बास्कोटासँग जोडिएर आएको यो विषय निकै गम्भीर भएको समेत बताए । सत्ता वरिपरिकै मानिसहरुका कारण मुलुकमा भ्रष्टाचार मौलाउँदै आएको र आफुहरुले त्यसको निरन्तर विरोध गर्दै आएको बताउँदै भट्टराई त्यसकै अर्को अभिव्यक्तिका रुपमा यो प्रकरण बाहिर आएको दाबी गरे ।
यस्तो विषयमा संसदमा बृहत छलफल हुनुपर्नेमा सत्ता पक्षले टार्दै जाने र प्रतिपक्षी अवरोधनै गर्ने संस्कार गलत भएको बताउँदै उनले बृहत छलफल र छानविन गरेर दोषी प्रमाणित भएपछि कार्वाही हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक