सञ्चारमन्त्री बास्कोटाले राजीनामा दिँदा उपयुक्त हुन्छ: बाबुराम भट्टराई
काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा मागेका छन् । संसद भवनबाट बाहिरिँदै गर्दा अध्यक्ष भट्टराई सञ्चारमन्त्री बास्कोटाले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् । उनले भने, ‘यस्तो तथ्यसहितको अडियो रेकर्ड बाहिर आएको छ, उहाँले राजीनामा दिँदा नै उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ ।’
अध्यक्ष भट्टराईले मन्त्री बास्कोटासँग जोडिएर आएको यो विषय निकै गम्भीर भएको समेत बताए । सत्ता वरिपरिकै मानिसहरुका कारण मुलुकमा भ्रष्टाचार मौलाउँदै आएको र आफुहरुले त्यसको निरन्तर विरोध गर्दै आएको बताउँदै भट्टराई त्यसकै अर्को अभिव्यक्तिका रुपमा यो प्रकरण बाहिर आएको दाबी गरे ।
यस्तो विषयमा संसदमा बृहत छलफल हुनुपर्नेमा सत्ता पक्षले टार्दै जाने र प्रतिपक्षी अवरोधनै गर्ने संस्कार गलत भएको बताउँदै उनले बृहत छलफल र छानविन गरेर दोषी प्रमाणित भएपछि कार्वाही हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण