सञ्चारमन्त्री बाँस्कोटालाई अख्तियारको जिम्मा लगाउन माग
काठमाडौँ । द्वन्द्व पीडित राष्ट्रिय सञ्जालका बरिष्ठ उपाध्यक्ष फडिन्द्र लुइँटेलले सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक पदमा बसेर भ्रष्टाचारजन्य कसुर गरेकाले तत्काल बर्खास्त गरि अख्तियारको जिम्मा लगाउन माग गरेका छन् ।
रातोपाटीसँग कुरा गर्दै लुइटेलले सरकारको संचार मन्त्री जस्तो ब्यक्तिले हाक्काहाक्की करोडौं रूपैयाँ कमिसन मागेर कम्युनिस्ट पार्टी र सरकारको बदनाम गरेको बताएका छन् । भ्रष्टाचारजन्य गतिविधि भनी सार्वजनिक भैसकेपछि नजोगाउन र नचोख्याउन लुइँटेलले प्रधानमन्त्रीलाई आग्रह गरेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँस्कोटालाई तत्काल गिरफ्तार गरि अनुसन्धान शुरू गर्नुपर्ने उनको तर्क छ ।
गत महिना नेपाल टेलिकमलाई फोर जी स्वीकृति दिँदा समेत मन्त्री बाँस्कोटाले २१ अर्ब हिनामिना गरेको आरोप लागेको छ । दस अर्ब बराबरको प्रस्ताब आएको समेत उनले स्वीकारेका छन् । सरकारको मन्त्री भएपनि अलोकप्रियताको शिखर चुमेका बाँस्कोटाका कारण दुई तिहाइको सरकार नैतिक संकटमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण