रोल्पामा पहिलो लगानी सम्मेलन हुँदै
बिहीबार, ०८ फागुन २०७६, १३ : ४१
रोल्पा । रोल्पा नगरपालिकाले यही फागुन १४ र १५ गते लिवाङमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलनमा उद्योग, व्यापार पर्यटन तथा जलविद्युत्को क्षेत्रमा व्यक्ति एवं विज्ञको सहभागिता रहने छ ।
जलविद्युत्, पर्यटन, कृषि तथा उद्यमका क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यका साथ सम्मेलन गर्न लागेको नगरपालिकाका प्रमुख पूर्ण केसीले जानकारी दिए । उनले जिल्लामा लगानीको राम्रो सम्भावना रहेको र सम्मेलनपश्चात् ऊर्जा, कृषि तथा पर्यटनको क्षेत्रमा प्रगति हुने बताए ।
जिल्ला समन्वय समिति तथा उद्योग वाणिज्य सङ्घ सम्मेलनको सहआयोजनक रहेका छन् । सम्मेलनले ऊर्जा तथा पर्यटन क्षेत्रको लगानीको ढोका खुल्ने विश्वास लिएको आयोजक समितिका सहसंयोजक विश्वकुमार चन्दले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन
-
तनहुँका २३ सामुदायिक वनमा आगलागी : सबै नियन्त्रणमा
-
सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने
-
कास्कीमा दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ
-
यातायात कार्यालयका कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न दीपक मनाङेको निर्देशन
-
पतञ्जलीले पत्रपत्रिकामा छपाएका माफीनामाबारे सर्वोच्चले के भन्यो ?