‘प्रेमगीत ३’ को युरोप राइट्स बिक्री
काठमाडौं । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्म ‘प्रेमगीत ३’को विदेश राइट्स अहिले धमाधम बिक्री भइरहेको छ ।
केही अगाडि अमेरिका राइट्स बिक्री भएको फिल्म अहिले यूके र युरोपका लागि बिक्री भएको छ । इनास चलचित्र प्रवर्द्धन समितिका ग्लोवल संयोजक मनिष श्रेष्ठले यूके र यूरोपका लागि फिल्म २३ हजार ५ सय यूरो (नेपाली ३० लाख)मा खरिद गरेको हो ।
फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेन र मनिष बीच बिहिबार फिल्मको युरोप राइटको बिषयमा कागजी सम्झौता भएको छ ।
‘प्रेमगीत ३’ प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन भट्टराईलगायतका कलाकारको समेत अभिनय रहेको छ ।
डेढ सय वर्ष अगाडिको प्रेमकथाको बिषयमा फिल्म कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको छ ।
राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह तथा भुपेन्द्र अधिकारीले सम्पादन रहेको छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको फिल्म नयाँ वर्षको अवसर पारेर आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी