बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जापान र इरानमा कोरोनाभाइरस संक्रमित दुई–दुई जनाको मृत्यु

बिहीबार, ०८ फागुन २०७६, १३ : ३२
बिहीबार, ०८ फागुन २०७६

एजेन्सी । जापानी समुन्द्री किनारमा रोकिराखेको ‘डाइमण्ड प्रिन्स’ क्रुज जहाजमा रहेका दुई वृद्ध यात्रुको मृत्यु भएको छ । मर्नेमा एक पुरुष र अर्को महिला रहेको र दुवैजना ८० भन्दा बढी उमेरका रहेको बताइएको छ ।

जापानी समाचार संस्था क्वोडो र एनएचकेले सरकारी स्रोतलाई उदृत गर्दै समाचारको पुष्टि गरेका छन् । तिनका अनुसार मृतक दुवै जापानी नागरिक हुन् र तिनमा पुरुषको उमेर ८७ छ, भने महिलाको ८४ ।

दुवै व्यक्तिमा पहिलेदेखि विमारी रहेको पनि चिकित्सकले बताएका छन् । डाइमण्ड प्रिन्समा सवार व्यक्तिमा कोरोनाभाइरस देखिएपछि उक्त विशाल क्रुज जहाजलाई क्वारेन्टाइनमा राखिएको छ ।

सुरुमा जहाजमा रहेका ३७ सय विरामीमध्ये ६२० मा कोरोनभाइरस देखिएको थियो । जहाजमा रहेका अष्ट्रेलिया, अमेरिका, क्यानडा र हङकङका नागरिकलाई भने एयरलिफ्ट गरिएको छ ।

यता, इरानमा पनि कोरोनाभाइरस संक्रमित दुई जनाको मृत्यु भएको छ । मध्यपूर्वमा यस रोगबाट कसैले ज्यान गुमाएको यो पहिलो घटना हो । राजधानी तेहरानबाट दक्षिणमा रहेको कोमसहरमा दुई वृद्धको मृत्यु भएको हो । उनीहरुको उमेर र लिङ्ग के थियो भन्ने खुलाइएको छैन । हालसम्म यो रोगबाट २ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप