‘सेन्टी भाइरस’को नयाँ गीत ‘ए नि लै’
काठमाडौं । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’को नयाँ गीत ‘ए नि लै’ सार्वजनिक भएको छ ।
लिरिकल भिडियो सहित सार्वजनिक गीतमा को रुपमा सार्वजनिक गीत सुशान्त गौतमको स्वर रहेको छ । हर्क साउद शब्दको शब्द रहेको गीतको संगीत सुशान्त गौतमले नै गरेका हुन् ।
रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा श्रीमान् श्रीमति दुई फरक पार्टीमा आबद्ध हुँदा परिवारमा उत्पन्न हुने समस्या बिषय बनाइएको छ ।
‘धुर्मुस’ र ‘सुन्तली’कै मुख्य भुमिका रहेको फिल्ममा बुद्धी तामाङ, विल्सन बिक्रम राई, सन्दीप क्षेत्री, दयाहाङ राई, राजाराम पौडेल, कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनय छ ।
फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।
सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित फिल्मको निर्माण डिन्डु लामा ह्योल्मो हुन् ।
कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको फिल्ममा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी