सरकारले दम्भको राजनीति गरे लोकतन्त्र सङ्कटमा पर्छ: डा.कोइराला

उदयपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेपाली काँग्रेसको आगामी चौधौँ महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति उदयपुरद्वारा बुधबार यहाँ आयोजित तीनदिने जिल्ला पार्टी सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र सुदृढीकरणमा नेपाली काँग्रेसको भूमिका अहं रहने र लोकतन्त्र रहेमात्र विकास हुने बताए ।
काँग्रेस उदयपुरका पार्टी प्रवक्ता मदनराज कटुवालका अनुसार सम्बोधनमा क्रममा केन्द्रीय सदस्य डा.कोइरालाले पार्टी गुठउपगुठको कारण कमजोर बन्न नहुनेमा जोड दिएका थिए । उनले भने, ‘सरकारले दम्भको राजनीति गर्न हुँदैन । यसले लोकतन्त्र सङ्कटमा मा पर्न सक्छ ।’
केन्द्रीय सदस्यद्वय गुरुराज घिमिरे र बद्री पाण्डेले पार्टीलाई पुरानै अवस्थामा पु¥याउन कार्यकर्ता एकजुट भई लाग्नुपर्ने बताए । काँग्रेस उदयपुरका अध्यक्ष विदुरबाबु बस्नेतले पार्टी सुदृढीकरणमा प्रशिक्षणले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल