आरोप पुष्टि भए व्यहोरौँला : मन्त्री बाँस्कोटा (भिडियो सहित)
कञ्चनपुर । सञ्चार तथा सुचना मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुख खोलेका छन् । बिहीबार बिहान कञ्चनपुरको पुर्नवासमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा आफूमाथि लागेको आरोप पुष्टि भए व्यर्होने बताएका हुन् ।
सेक्युरिटी मेसिन खरिदबारे मन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको छ ।
सोही विषयलाई लिएर उनले आन्दोलन र दललाई धोका नदिने बताए । ‘यहाँ ६० करोडको कुरा छ होइन ? जतिसुकै करोडको कुरा होस् । मलाई के थाहा छ भने मैले आन्दोलनलाई धोका दिनुहुन्न । दललाई धोका दिनुहुन्न र म भोली कमरेडहरुसँगै बाच्नुपर्छ’, मन्त्री बाँस्कोटाले भनेका छन् ।
उनले आरोपहरुको पुष्टि हुन नसक्ने दावी समेत गरेका छन् । ‘यसको पुष्टि हुनुपर्यो, प्रमाण हुनुपर्यो । आरोपहरु अनेका लाग्न सक्छन् । उहाँले ६० करोड भन्नुभयो, उहाँले ३० करोड भन्नुभयो, ३० दिने की ६० दिने त ? १२ अर्वबाट घटेर करोडमा आएपछि किन चिन्ता गर्ने ? तर म माथि कुनै आरोप लाग्यो भने, मैले पुष्टि गर्नसक्नुपर्छ’, आफुमाथि लागेको आरोपबारे उनले खुलाए । उनले नेकपाको खास चरित्र भ्रष्टाचारविरुद्ध भएको भन्दै पार्टीले यसलाई अस्वीकार नै गर्दै आएको दावी पनि गरे ।
उनले यसलाई राजनीतिक रंग दिएर प्रपोगाण्डा मच्चाउन लागिएको दावी समेत गरे । ‘जसले गल्ती गर्छ, त्यही जान्छ’ मन्त्री बाँस्कोटाले भने, ‘यस्ता विषयले पार्टीलाई लैजाने होइन, आत्तिनु पर्दैन, मैले गल्ती गरेको भए मै जाउँला’, उनले भने कुन निकायबाट मैले सशुद्धताको प्रमाणपत्र लिनुपर्यो कुरा त्यही हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण