भवन निर्माणका लागि बद्रीप्रसाद पहाडीद्वारा एक करोड सहयोग
बिहीबार, ०८ फागुन २०७६, १० : ३३
विराटनगर निवासी प्रसिद्ध समाजसेवी एवं मानव अधिकार तथा शान्ति समाजमा संस्थापक सभापति बद्रीप्रसाद पहाडीले भवन निर्माणका लागि एक करोड सहयोग गरेका छन् ।
उनले मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालय निर्माणको लागि भवन निर्माणको लागि रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।
पहाडी परिवारका अनुसार उक्त भवन निर्माणका लागि केही जग्गा छुट्याइएको र सहयोग रकम क्रमश गर्दै जाने र भवन निर्माण कार्य सुरु भएपछि सबै रकम शान्ति समाजको खातामा जम्मा गरिनेछ ।
मानव अधिकार तथा शान्ति समाजले ठूलो रकम सहयोग गरेकोमा बद्रीप्रसाद पहाडीप्रति आभार प्रकट गरेको छ ।
पहाडी परिवारले यस वर्ष विभिन्न संघ, संस्था तथा निकायलाई १ करोड ३२ लाख नगद र जग्गा गरी पौने दुई करोड सहयोग गरेको छ ।