शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान : वर्षा र हिमपात

बिहीबार, ०८ फागुन २०७६, ०७ : ४८
बिहीबार, ०८ फागुन २०७६

मौसम पूर्वानुमान महाशाखाले आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । बिहीबार पहाडी भूभागमा केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
 
महाशाखाका अनुसार हाल नेपालको पश्चिमी तथा मध्य क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएको छ । भने देशभर आंशिक देखि सामान्य बदलीको अवस्था छ ।
  
पूर्वानुमानका अनुसार दिउँसो देशभर आंसिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

साथै राति देशभर सामान्य बदली रही पश्चिमका केहि भू-भागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप