पप्पुसहित ६ कम्पनीलाई कालोसूचीमा राखियो
बिहीबार, ०८ फागुन २०७६, ०७ : ०७
नेपालको विभिन्न भागका निर्माण कार्यको ठेक्का लिई लामो सयमसम्म विकास निर्माण कार्य अलपत्र पारेको भन्दै विभिन्न ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।
कालोसूचीमा पर्नेमा पप्पु कन्स्ट्रक्सनसहित ६ कम्पनी रहेको कार्यालयले जनाएको छ । कार्यालयले पप्पुलाई तीन वर्षसम्म र अन्यलाई भने एक वर्षसम्म कालोसूचीमा राखेको छ ।
कालोसूचीमा पर्नेमा पूर्वसांसद हरिनारायण रौनियारको पप्पु कन्स्ट्रक्सनसहितको अशोक न्यासुरको निशा सप्लायर्स, दामोदर दुलालको श्रीदेव सप्लायर्स, विष्णुकुमार कडरियाको सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रा.लि, बारा कन्स्ट्रक्सन र हरिबहादुर खत्रीको एचबबीकेसी निर्माण सेवा रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीसँग रश्मिलाको प्रश्न : ऐन महरलाई कहिले कारबाही हुन्छ ?
-
आयोग गठन भाँडिएकोमा बाबुरामको प्रश्न : लाखौँ द्वन्दपीडितका आँसु बगिरहनुमा प्रमुख दोषी को हो ?
-
बुटवलमा औद्योगिक व्यापार मेला सुरु
-
प्रहरीले दैनिक ११७ जना मानिस पक्राउ गर्छ
-
सरकारले निजी लगानीलाई प्रोत्साहन गरिरहेको छ : अर्थमन्त्री पौडेल
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?