शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘बी’ डिभिजन लिग आइतबारदेखि

बुधबार, ०७ फागुन २०७६, २१ : १८
बुधबार, ०७ फागुन २०७६

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल आइतबारदेखि हुने भएको छ । लिगको उद्घाटन खेलमा ब्वाईज युनियन र श्रीकुमारी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार लिगको खेल तालिका सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा ब्वाईज युनियन र श्री कुमारी भिड्ने भएका हुन् ।

सातदोवाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा हुने लिग चैत २३ गतेसम्म चल्नेछ । लिगमा ‘बी’ डिभिजनका १२ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

विजेता टोली ‘ए’ डिभिजनमा बढुवा हुनेछ । पुछारको एक टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ । यसको साथै लिगको विजेताले १५ लाख, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकले जनही २५ हजार, प्रत्येक खेलको विजेता टोलीले २० हजार र खेल बराबरी भएका सात हजार पाँचसय रुपैयाँ प्राप्त गर्नेछन् ।

एन्फाले लिग तयारी खर्च स्वरुप प्रत्येक क्लबलाई १० लाख रुपैयाँ प्रदान गरेको छ । हाल ‘बी’ डिभिजनमा श्री कुमारी, ब्वाईज युनियन, श्री भगवती, टुसाल, खुमलटार युथ, नयाँ बस्ती युवा, झम्सिखेल युवा, आरसिटी, सातदोबाटो युथ, मध्यपुर युथ एसोसियसन, पुल्चोक स्पोर्ट्स र बाँसबारी क्लब छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप