बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आनद्वारा एड क्लव अफ नेपालको नयाँ कार्यसमिति गठन

बुधबार, ०७ फागुन २०७६, २० : ५८
बुधबार, ०७ फागुन २०७६

काठमाडौं । वुधवार नेपाल विज्ञापन संघले एड क्लव अफ नेपालको नयाँ कार्यसमिति गठन गरकोछ । नेपालमा विज्ञापन व्यवसायी, विज्ञापनकर्मी, विज्ञापन श्रर्जक, विज्ञापनदाता, विज्ञापन बजारका विद्यार्थी र व्रान्डँंग सम्बन्धित व्यक्तिहरुलाई समेटने अभिप्रायले यो क्लव गठन गरेको आनका अध्यक्ष तथा क्लबका गर्भनर रविन्द्र कुमार रिजालले बताए ।

नवगठित कार्यसमितिको ज्वाइन्ट गर्भनरमा महेन्द्र श्रेष्ठ र सुजनराजा श्रेष्ठ नियुक्त भएका छन् । उक्त कार्यक्रममा नवनियुक्त ज्वाइन्ट गर्भनर महेन्द्र श्रेष्ठले एड फेटरनिटिमा खडकिएको जनशक्तिको समस्यालाई हल गर्न तर्फ क्लबले पहल गर्ने बताए ।

एड क्लव अफ नेपालमा डेपुटी गभर्नरमा सुदिप रेग्मी तथा कार्यकारी सदस्यहरुमा विराट श्रेष्ठ, शरद शाही र अनन्तराज घिमिरे नियुक्त भएका छन् । एड क्लव अफ नेपाल आनको भगिनी सस्था हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप